mainpageads

वीरगन्जमा राजेश हमालको जुलुस, काठमाडौँमा कोमल ओलीको भाषण

rajesh rajniti
काठमाडौं, फागुन २१ (नागरिक)- अगाडि थिए विभिन्न नारा लेखिएका प्लेकार्ड - राष्ट्रियताको रक्षा गर, संविधान निर्माण गर, शान्ति सुरक्षा कायम गर, भ्रष्टाचारविरुद्धको हाम्रो अभियान। अनि त्यो जुलुसको अगुवाई गर्दै थिए नायक राजेश हमाल। नझुक्किनुस्, राजेश हमाल 'राजनीति'मा उत्रिसकेका छैनन्। यो 'राजनीति' नामको फिल्म सुटिङको दृश्य थियो।
फिल्म 'राजनीति'को सुटिङमा अभिनेता राजेश हमाललाई वीरगन्ज लैजाँदा निर्माण पक्ष चिन्तामा थिए, जुलुसको दृश्यमा भीड जुटाउने कसरी? जब प्ले कार्ड बोकेर राजेश सटको लागि तयार भए फेरि अर्को चिन्ता थपियो, भीडबाट उनलाई जोगाउने कसरी।
'राजेश दाइलाई देखेपछि यस्तो भीड लाग्यो कि उहाँलाई केही बताउनै सकिएन, इशाराको भरमा सुटिङ गर्नुपर्योग,' काठमाडौं फकिएपछि निर्देशक वसन्त निरौलाले भने, 'भीड अत्यधिक भए पनि लट्ठी देखाएर राजेश दाइलाई निकाल्नु परेको थियो।'
वीरगन्जमा अभिनेता हमाललाई हेर्न दर्शक झुत्तिएको देखेका निर्देशकले राजधानीको खुलामञ्चमा कोमल ओलीलाई हेर्न पनि दर्शक देखे। 'कोमल दिदीको म्युजिक भिडियोको सुटिङ भइरहेको सुनेर पसल बन्द गरेर आएको, मिल्यो भने सँगै बसेर फोटो पनि खिचाउँछु,' रत्नपार्कमा व्यापार गर्ने सुनमाया तामाङले भनिन्।
शनिबार भएको सुटिङ कोमलले गीत गाइनन्, भाषण गरिन् । गायिकाको रुपमा स्थापित भए पनि फिल्ममा भने उनले गीत नगएको ओलीले बताइन्। 'यस फिल्ममा मैले गीतहरु गाएको छैन। अभिनय मात्रैको अनुभव पनि रमाइलो छ,' उनले भनिन्। फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts