mainpageads

रेजिना भन्छिन्, ‘फिल्म चलाउन गाह्रो रैछ’

नायिका रेजिना उप्रेतीका लागि अहिले फलामको चिउरा चपाएजस्तै भएको छ । अरुले निर्माण गरेको सिनेमामा अभिनय गरेर मात्र पुग्ने रेजिना अहिले दौडधुपममा व्यस्त छिन् । उनको प्रस्तुतीमा तयार भएको चलचित्र ‘बरदान’ हाल देशभरका हलमा लागिरहेको छ ।‘सिनेमा चलाउन खुबै गाह्रो रैछ, हलवालाहरुको मनोमानी झनै दुख लाग्दो’, रेजिनाले अनलाइनखबरसँग भनिन् । उनले कतिपय हलहरुले सोमबार सिनेमा लगाएर शुक्रबार हटाइदिने तयारी गरेको समेत खुलासा गरिन् । ‘सोझो भएर सिनेमा निर्माण गर्दा निर्माता त मर्ने रैछन’, रेजिनाको भन्छिन् ।
शोभित बस्नेतको निर्देशनमा कविता श्रेष्ठले निर्माण गरेको यो चलचित्र चैत्र २ गतेबाट काठमाण्डौका हलमा लागेको छ । व्यापारका बारेमा रेजिनाले भनिन्, ‘नराम्रो छैन तर साह्रै राम्रो पनि होइन ।’
सिनेमा निर्माण गरेकाले धेरै नै दोडधुप गरिरहेकी रेजिना आराम समेत गर्ने समय नभएको बताउछिन् । करिब ५ दर्जन सिनेमामा अभिनय गरेपछि पहिलो पटक उनले ‘बरदान’ निर्माण गरेकी हुन् ।

2 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts