होलीमा चोलीको सट्टा अरु नै रंगिएपछि (फोटो फिचरसहित)
होली हो होली आयो होली हो…’
यि
मोडलहरुको होलीको मस्तीलाई छायांकार सुशिल बाँनियाले आफ्नो क्यामेरामा कैद
गरेका हुन् । डाक्टर कृष्णहरी बरालले लेखेको यो गीतको भिडियोलाई शनिबार
सम्म बजारमा ल्याउने योजना निर्माणपक्षको छ ।
कुनै
समय होलीमा चोली रंगिने गर्दथ्यो । तर हिजोआज समय फेरिएको छ । चोलीको
सट्टा छोटा पहिरन लगाएर मोडलहरु अभिनय गर्न व्यस्त देखिन्छन् । गायक वीपी
वाग्ले यसलाई समयको माग भन्छन् । उनले गीतले सन्देश समेत प्रवाहा गर्ने
बताए ।
ललितपुरको भैसेपाटी परिसरमा ४ सुन्दर
युवतीसँग ४ युवकहरु होली खेल्दै थिए । होली पर्ब नजिकिदै जाँदा ८ जना
युवायुवतीको समुहले खुलेरै होली खेले । युवायुवतीहरु एक अर्कालाई रंग छर्दै
सन्देशको गीत पनि गाउँदै थिए ।
प्रसंग
हो, अर्जुन अधिकारीको निर्देशनमा तयार भएको एक म्युजिक भिडियोको । होली
पर्व नजिकिदै जाँदा यसै बिषयलाई आधार बनाएर तयार पारिएको एक भिडियोमा ८ जना
मोडलहरु रमाएका हुन् ।
गायकद्धय
सुरज श्रेष्ठ र वीपी वाग्लेका साथमा रिता बुर्लाकोटी र उर्मिला महत्तको
स्वरमा समावेश होली विशेष गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।
भिडियोमा
रञ्जन रिजाल, सुरज रानाभाट, पार्वती राई, भावना गुरुङ, हषिर्का श्रेष्ठ,
मोनिका दाहाल, दृश्य सुवेदी, रुद्र बोहरा, बिनोद राइले अभिनय गरेका छन् ।
छायांकनका अन्य तस्बिरहरु केही दिनमा अनलाइनखबरमा प्रकाशन हुनेछ ।
2 comments
Write Down Your Responses

November 15, 2014 at 6:12 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
November 15, 2014 at 6:16 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन