mainpageads

ख्याल गर्नुहोस्, होलीमा सार्वजनिक मुद्दा लाग्ला !

११ चैत, काठमाडौं । होली आउन लाग्यो भन्दै बाटो ढुकेर युवती तथा बटुवालाई लोला या पानी हान्ने गर्नुभएको छ भने होश गर्नुस् । तपाईंलाई प्रहरीले पक्राउ मात्रै गर्दैन, सार्वजनिक मुद्दा समेत लगाउँछ । पवित्र पर्व होलीको नाममा उच्छृँखल गतिबिधि बढ्दै गएपछि प्रहरीले यसलाई नियन्त्रण गर्ने पहल गरेको हो । यसबीचमा २५ जना बालबालिकालाई नियन्त्रणमा लिई सम्झाईबुझाई गरि छाडिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।
holi-2
होलीलाई पवित्र बनाउन र बढ्दो विकृति नियन्त्रण गर्न भन्दै प्रहरीले केही वर्षदेखि यो अभियान थालेको हो । यसवर्ष पनि प्रहरीले निगरानी बढाएको छ । होलीमा जथाभावी गर्नेलाई पक्राउ गर्न सादा पोशाकमा समेत प्रहरी खटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।
होलीलाई मर्यादित बनाउन शनिबारदेखि राजधानीका टोलटोलमा माइकिङ अभियान थालिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार होलीमा हुने उच्छृँखल गतिबिधि नियन्त्रण गर्न उपत्यकामा झण्डै चारहजार प्रहरी खटाउने तयारी छ । मंगलबार होली भएकाले सोमबारदेखि नै प्रहरीको सकृयता बढ्ने कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयले यसअघि नै पवित्र पर्व होलीको अवसरमा कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने र पानी छ्याप्ने काम नगर्न सबैसित अनुरोध गरिसकेको छ । महिला, केटाकेटी लगायत बाटोमा हिँड्ने व्यक्तिलाई दुःख र सास्ती दिने काम प्रचलित कानुन विपरीत हुने भन्दै मन्त्रालयले सजक गराएको हो । मन्त्रालयले विज्ञप्ती निकालेर कसैको स्वीकृति विपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा यात्रीलाई दुःख सास्ती दिने गरेको भेटिएमा कानुन बमोजिम कार्बाही हुने जनाएको हो ।


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts