mainpageads

नर्दन मारियाविरुद्ध नेपाल जितका लागि खेल्ने

  काठमाडौं । एएफसी च्यालेन्ज कप छनौट फुबटलमा नेपालले भोलि शनिबार नौलो प्रतिद्वन्दी नर्दन मारिया आइल्याण्डसंग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने खेलमा नेपाल जितको लक्ष्यका साथ र्मैदान उत्रिने प्रमुख प्रशिक्षक र कप्तानले बताएका छन् ।
शुक्रवार भएको प्री म्याच कन्फ्रेन्समा नेपालसहित प्यालेष्टाइन, बंगलादेश र नर्दन मारियाना आइल्याण्डका प्रशिक्षकहरुले आफ्नो टोली सन् २०१४ मा हुने एएफसी च्यालेन्ज कपका लागि छनौट हुने दाबी गरे ।
कुनै टोलीलाई कमजोर ठान्दौनौं स्टेफन्स्की
नेपालका प्रशिक्षक ज्याक स्टेफन्स्कीले तीनवटै टोलीलाई कमजोर प्रतिद्वन्दीको रुपमा नलिएको बताउनुभयो । उहाँले तीन टोली मध्ये तुलनात्मकरुपमा फिफा बरियतामा प्यालेष्टाइन सबैभन्दा माथि र बलियो टोली भएकाले उसलाई कडा चुनौति दिने तयारीका साथ नेपाली खेलाडी मैदान उतार्ने वताउनुभयो ।
आफूले नेपाली टोली समालेपछि केही नयाँ रणनीतिका साथ खेलाडीलाई प्रशिक्षण दिएको र त्यही रणनीति अनुसार नै मैदान उतार्ने उहाँले वताउनुभयो । उहाँले नेपाली टोलीले पाकिस्तानसंग केही दिनअघि भएको दूई मैत्रिपूर्ण खेलमा ब्यहोेरेको हारवाट राम्रो पाठ सिकेकाले जित आत्मसाथ गर्न खेलाडीले आफ्नो गल्ती कमजोरी सुधारेको वताउनुभयो । उहाँले च्यालेन्ज कपका लागि छनौट हुने दाबी गर्नु भयो ।
यस्तै कप्तान सागर थापाले यसअघिका खेलमा नेपाली खेलाडीले गरेका गल्ति नदोहोर्‍याउने वताउनुभयो । उहाँले पाकिस्तानसंगको हारसंगै गतिलो पाठ सिकिसकेकाले अब डिफेन्स, मिडफिल्ड र स्ट्राइकिङ लाइनमा त्यस्ता गल्ति नहुने दाबी गर्नु भयो ।
छनौटका लागि हामी क्वालिफाइ छौं: प्यालेष्टाइन
नेपालसंगै समूह डीमा रहेको सबैभन्दा बलियो टोली प्यालेष्टाइनका प्रमुख प्रशिक्षक महमोद जामलले एएफसी च्यालेन्ज कप २०१४ का लागि आफूहरु छनौट हुने दावी गर्नुभयो । उहाँले गत वर्ष नेपाललाई २-०ले हराएकाले पनि आफूहरुलाई छनौटका लागि केही सजिलो हुने वताउनुभयो । उहाँले भन्नुभयो,’नेपाल बाहेक नर्दन मारियाना आइल्याण्ड र बंगलादेशसंग हामीले खेलेका छैनौँ । यो नै पहिलो भेट हो । तर पनि हामी उनीहरुलाई हराउँदै छनौट हुनेमा ढुक्क छौँ ।’
आफ्नो टोली ६ राम्रा खेलाडीविना नै मैदान उत्रिने भएकाले केही अप्ठेरो हुने भएपनि उनीहरुको अभाव खड्कीन नदिने उहाँले वताउनुभयो । प्यालेष्टाइनले गत महिना भारतसंग भएको मैत्रिपूण खेलमा भारतलाई ४-२ गोल अन्तरले हराएको थियो ।
राम्रो खेल पस्कनेछौं: बंगलादेश
बंगलादेशका प्रशिक्षक डारिअस डी क्रिउफले आफ्नो टोलीले आकर्षक खेल पस्कने वताउनुभयो । उहाँले नेपाल र बंगलादेशको खेलको स्तर एउटै भएकाले खेल्न केही सजिलो हुने वताउनुभयो ।
उहाँले प्यालेष्टाइन भारत जस्तो टिमलाई हराउने टोली भएकाले उसलाई बलियो प्रतिद्वन्दीको रुपमा लिएको वताउनुभयो । उहाँले राम्रो खेल पस्केर एएफसी च्यालेन्ज कप २०१४ का लागि छनौट भएर स्वदेश र्फकने विश्वास व्यक्त गर्नु भयो ।
अनुभव बटुल्न आतुर छौं: नर्दन मारिया
फिफा बरियता समेत स्थान नपाएको नर्दन मारियालाई सबैले नौलो टोलीका रुपमा लिएका छन् । तर, नर्दन मारिया आइल्याण्डका प्रशिक्षक कोलुआम किनले भने आफ्नो टोलीले राम्रो खेल पस्कने दावी गर्नु भयो । उहाँले आफ्नो टोली नयाँ भएकाले एक अर्कालाई राम्रोसंग चिन्ने मौका नपाएपनि राम्रो खेलेर अनुभव बटुल्ने वताउनुभयो । उहाँले तीनवटै टोली बलियो भएकाले पनि आफ्नो टोलीले राम्रो अनुभव संगाल्ने विश्वास व्यक्त गर्नुभयो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts