mainpageads

कर्णेल कुमार लामा धरौटीमा रिहा हुने तत्काल नेपाल र्फकन नपाउने

१९ फागुन, काठमाण्डौं । युद्व अपराध अभियोगमा बेलायतमा पक्राउ परेको नेपाली सेनाका कर्णेल कुमार लामा धरौटीमा रिहा हुने भएका छन् ।
उनलाई १० हजार पाउण्ड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । दुई महिनादेखि लन्डनको बेलमार्स कारागारमा रहेका उनलाई यसअघि भने धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो ।
बेलायतको चल्म्स्फोर्ड क्राउन कोर्ट ससेक्समा शुक्रबार भएको सुनुवाईमा लामालाई १० हजार पाउन्ड धरौटीमा रिहा गर्ने आदेश दिइएको हो । धरौटीवापतको रकम नेपाल सरकारले तिर्ने बताइएको छ ।
उनलाई अदालतले खोजी गरेको बेलामा उपस्थित हुने गरी रिहा गर्न लागेको हो । कर्णेल लामा तत्काल नेपाल आउन भने पाउने छैनन् ।
सुडान मिसनमा कार्यरत लामा दुई महिनाअघि श्रीमति भेटन बेलायत गएका बेला पक्राउ परेका थिए । कपिलवस्तुको गोरुसिंगे ब्यारेकमा रहेका बेला दुई जनालाई पक्राउ गरि यातना दिएको अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts