mainpageads

मेरा सबै सिनेमाका गीत हिट हुन्छन् : जिवन लुईटेल...

अष्ट्रेलिया पुगेका नायक जिवन लुईटेल चलचित्र ‘मालतिको भट्टी’ र ‘रिदम’ को पि्रमियर गर्नमा व्यस्त छन् । उनले अभिनय गरेको पछिल्ला २ चलचित्र ‘रिदम’ र ‘नोटबुक’ को गीतले बजारमा राम्रो चर्चा पाएपछि जिवनको खुशीको सिमा छैन ।अष्ट्रेलियाबाट अनलाइनखबरसँग कुरा गर्दै जीवनले भने, ‘म गीतलाई पनि महत्व दिएर सिनेमा खेल्छु र हिट हुन्छ ।’ उनले अभिनय गरेका अधिकांश सिनेमाका गीतहरु हिट छन् । चलचित्र ‘नाइ नभन्नु ल’, ‘म तिम्रो भैसके’, ‘अन्दाज’, ‘मालतिको भट्टी’, ‘जब जब माया बस्छ’ का गीतले बजार तताइसकेका छन् । यस्तै प्रदर्शनको क्रममा रहेको चलचित्र ‘रिदम’ को ‘पागल म बन्न सक्छु’ बोलको गीत बजारमा यतिबेला चर्चित छ । जिवनले नै अभिनय गरेको चलचित्र ‘नोटबुक’ को ‘गाला रात्तै’ बोलको गीत पनि चर्चामा आइरहेको छ ।
जीवनले भने, ‘मैले खेलेपछि एउटा गीत हिट हुनैपर्‍यो नि ?’


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts