mainpageads

कुवेतमा एक सय नेपालीले चार महिनादेखि तलब पाएनन्

कुबेतसीटी । रेवेरा इन्टरनेसनल क्याटेरिंग कम्पनी कुबेतमा कार्यरत कामदारहरुले गत डिसेम्बर महिना देखि बिना तलब काम गर्न बाध्य भएका छन् । करिब एक सय जना कामदार रहेको उक्त क्याटेरिंगमा नेपाली कामदारको सख्या २५ जना रहेको छ । नेपालको बानेस्वरमा रहेको राज ओभरसिजवाट गत नोभेम्बरमा कुबेत आएका २३ जना नेपालीले शुरुको महिनामा १५ दिनको मात्रै तलब पाएका थिए, भने बाकीको हालत पनि उही भएको थियो ।

उक्त कम्पनीमा कार्यरत कामदारहरुले कोहिले पुरा महिनाको तलब पाएका थिए भने कसैले कति पनि पाएका थिएनन । यसरी तलब नपाएर पिडित भएका कामदारहरु पटक पटक कम्पनीमा डेलिगेसन जादा आज दिन्छु, भोलि ब्यांकमा राखिदिन्छु, भन्दै बिगत ४ महिना देखि आलटाल गरिरहेको कुरा उक्त कम्पनीमा कार्यरत मनोज काफ्लेले अनलाईन खबरलाई बताए । नेपाली दुताबासलाई पनि जानकारी गराएको र श्रम सहचारी श्रीजना तिवारीवाट कम्पनी र (जिम्मेवार ब्याक्ति)सँग इनक्वारी गरि सहयोग गर्ने आश्वासन पाएको काफ्लेले जानकारी गराए । ऋण खोजेर कुबेत आएको तलब नपाउनाले घरमा पैसा पठाउन समेत पाईएको छैन, खान बस्न कम्पनीले दिएको त छ तर अन्य खर्च र घरमा टेलिफोन गर्नको लागि समेत पैसा नभएको पिडित कामदारहरुको गुनासो रहेको छ ।
यस बिषयमा नेपाली दुताबास कुबेतकी सहचारी श्रीजना तिवारीसँग कुरा राख्दा- आफुले कम्पनीको एचआर म्यानेजर सँग सम्पर्क गरिसकेको र म्यानेजरबाट सकारात्मक प्रतिक्रिया पाएको बताउदै अब जनरल म्यानेजर सँग कुरा गरि पिडित कामदारलाई जतिसक चाडो तलब दिने बाताबरण बनाउन लागि परेको कुरा अनलाईन खबरलाई जानकारी गराउनु भयो ।


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts