mainpageads

बराक ओबामाका दाई केन्यामा चुनाव लड्दै

केन्यामा ४ मार्च अर्थात सोमबार आम चुनाव हुँदैछ । अमेरिकी राष्ट्रपति बाराक ओबामाका सौतिनी दाजु मलिक ओबामा पश्चिम प्रान्त सिआयाको गर्भनरको चुनाव लड्दैछन् ।
समाचार एजेन्सी एपीसँगको कुराकानीमा उनले अमेरिकी राष्ट्रपतिसँगको आफ्नो सम्बन्धले चुनावमा के असर गर्छ थाहा नभएको बताएका छन् ।
उनले भनेका छन्-’म मलिक ओबामाको हैसियतमा चुनाव लड्दैछु । तर, म आफ्नो उपनाम र आफ्नो भाईसँगको सम्बन्धलाई अस्वीकार गर्न सक्दिन । मलाई लाग्छ, मानिसहरु ओबामाको भाई कस्ता छन् भनेर हेर्न र बुझ्न चाहन्छन् ।’
मलिकले सन् २००८ को राष्ट्रपति चुनावमा ओबामाले प्रयोग गरेको जस्तै परिर्वतनको नारा अघि सारेका छन् । गरीबी अन्त्य, आधारभूत आवश्यकता परिपूर्ति र औद्योगिकरण उनको मूख्य चुनावी लक्ष्य छ । एक चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उनले भनेका छन्-’मलाई विश्वास छ कि तपाई सबैले मलाई समर्थन गर्नुहुनेछ र यो महत्वपूर्ण पदका लागि मलाई भोट दिनु हुनेछ, ताकि हामी सिआयामा परिर्वतन ल्याउन सकौं ।’
सन् २०१० मा केन्यालाई ४७ काउन्टीमा बाँडेपछि पहिलो पटक हुन लागेको आम चुनावमा ५४ वर्षीय मलिक निर्दलीय उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । उनको प्रतिद्वन्द्वी राजनीतिक दलका उम्मेदवार छन् । चुनावमा अन्य उम्मेदवारले राम्रै पैसा खर्च गरेका छन् तर, मलिक यसमा पछि परेका छन् । उनले एक क्यामेराम्यानसँग चुनावी खर्चका लागि सहयोग मागे पनि पाएनन् ।
बाराक ओबामाका पिता केन्यामा बस्थे र ओबामाका थुप्रै आफन्त अहिले पनि केन्यामा नै बस्दै आएका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts