ओठमा आँखा ! (फोटो फिचरसहित)
कला भन्ने
कुरा विचित्रकै हुन्छ । कलाबाट अद्भुत तथा अनौठा चिजवस्तु तयार हुन्छन् ।
पत्याउनै नसक्ने खालका आकृति बनाइन्छन् । स्विडेनकी एक महिला कलाकारले पनि
यस्तै अनौठो कलाकारितामार्फत अहिले आफुलाई चर्चामा पूराएकी छिन् ।
२६ वर्षे मेकअप आर्टिस्ट सान्द्रा
होल्मबोमले आफ्नै ओठमा रंग पोतेर अनौठा आकृति तयार पारेर अनलाइनमा पोष्ट
गरेसँगै चर्चा कमाइन् । उनले आफ्नो ओँठलाई यस्तो कलात्मक ढंगले रंगाइन् की
त्यो ओँठ हो की आँखा छुट्टाउनै गाह्रो हुन्छ ।
दन्त लहर नदेखिउन्जेल त्यो आँखा नै हो
भन्न कर लाग्छ । तर जब भित्रका दाँत देखिन्छन् तब मात्र झसँग भइन्छ । त्यो त
नशालु आँखा नभएर गुलाबी ओँठ पो रहेछ । उनले आफ्नो ओँठलाई स्याउ तथा
स्टबेरीको आकारमा पनि ढालेकी छिन् ।

0 comments
Write Down Your Responses