फ्राइडे रिलिज : पुजनाको बेडसिनले ततायो बजार...
यो साता काठमाण्डौ लगायतका देशभरका हलमा ३
सिनेमा प्रदर्शनमा आएका छन् । काठमाण्डौको क्यू सिस्टमबाट ‘लभ इन चाइना
बोर्डर’ प्रदर्शनमा आएको छ । तर प्रचारप्रसार शुन्य जस्तै भएकाले यो
सिनेमाको व्यापारबाट सिंगो सिने नगरीले धेरै आशा गरेको छैन ।
यसैसाता
विभिन्न स्क्यान्डलका कारण चर्चामा रहेको चलचित्र ‘रक्षा’ पनि प्रदर्शनमा
आएको छ । काठमाण्डौ लगायतका देशभरका ४० हलमा प्रदर्शनमा आएको यो सिनेमाले
बिहानी शोमा राम्रो व्यापार गरेको वुझिएको छ । राजु गिरी निर्देशीत यो
सिनेमामा राजेश हमाल, पुजना स्त्रि, अशोक फुयाँल, सुशान्त कार्की, पबन
बस्नेत, सारिका घिमिरे लगायतका कलाकारको अभिनय छ ।
चलचित्रले देशभरका हलमा इनिशियल व्यापार
गरेको बुझिएको छ । चलचित्रमा नायिका पुजना स्त्रि र नव कलाकार खुशी थापाको
उत्तेजक बेड सिन समावेश छ । जसका कारणले पनि चलचित्रले धेरै नै चर्चा
बटुलेको थियो ।
यस्तै शुक्रबारबाट नै सौगात मल्ल र उषा
रजकले अभिनय गरेको चलचित्र ‘कथा’ पनि प्रदर्शनमा आएको छ । काठमाण्डौका केही
मल्टिप्लेक्स हलमा सिमित ‘कथा’ ले उत्कृष्ट व्यापार गर्ने कुरामा शंका
गर्न सकिन्छ ।
1 comments
Write Down Your Responses

October 25, 2014 at 5:39 AM
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।