mainpageads

पोर्न फिल्म, मस्तिष्कका लागि खतरा

सूचना प्रविधिको विस्तारसँगै समाजमा विकृति पनि बढेका छन्। बालबालिकाहरूसमेत साइबरमा झुम्मिने र अश्लील साइटहरू हेर्ने दर बढेको  विभिन्न अध्ययनले देखाएको छ। विभिन्न संचारमाध्यम तथा समाचारहरूले पनि उनीहरूको मस्तिष्कमा यौनका विषयमा कौतूहलता उत्पन्न  गरिदिने र त्यस्ता साइटमा प्रवेश गर्न प्रोत्साहित गर्ने गरेको पाइएको छ। यस्ता अश्लील सामग्री हेर्दा बाल मस्तिष्कमा दीर्घकालीन असर पुग्ने  एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार बालबालिकाको मस्तिष्क निकै संवेदनशील हुने भएकाले  यस्ता अश्लील सामग्रीले पार्ने नकारात्मक असरको जोखिम बढी हुन्छ। त्यसैले बालबालिकाहरूलाई यस्ता सामग्रीबाट बचाउनुपर्ने उनीहरूको  तर्क छ। विज्ञहरूले आफ्ना शिशुले इन्टरनेट साइट तथा कम्प्युटरमा हेर्ने सामग्री, पुस्तक आदि कुरामा हरेक अभिभावकले ध्यान दिनुपर्ने  सुझाव पनि दिएका छन्। यस्ता अश्लील साइटबाट बालमस्तिष्कमा कुविचार सिर्जना हुने तथा त्यसबाट कुलतमा फस्ने खतरा बढ्ने विज्ञह रूको भनाइ छ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts