मलेसियामा १० वर्षमा २ हजार नेपालीको मृत्यु
धेरैको दुर्घटनामा मृत्यु, केहीद्वारा आत्महत्या
१८
फागुन, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको मृत्युको समाचार नयाँ र
अनौठो होइन । हरेक दिनजसो कम्तिमा एक नेपालीको ज्यान जाने गरेको मलेसियामा
गत हप्तामात्रै पाँचजनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार विगत १०
वर्षयता मलेसियामा २ हजार ४५ जना नेपालीले ज्यान गुमाइसकेका छन् । मृत्यु
हुने सबैको कथा-व्यथा उस्तै छ, कोही कम्पनीमा काम गर्दागर्दै त कसैको
अस्पतालमा उपचारका क्रममा मृत्यु हुने गरेको छ । केही नेपालीले आत्महत्या
समेत गरेका छन् । मलेसियाबाट प्रकाशित हुने द सन दैनिक पत्रिकाले नेपाली
दुतावासलाई उद्धृत गर्दै जनाएअनुसार सन् २००३ देखि गत वर्ष सम्म २ हजार ४५
जना नेपालीको मृत्युभएको उल्लेख गरेको छ ।
क्वालालम्पुरवाट नजिकै रहेको केलाङको एक
कम्पनीमा कार्यरत खोटाङका २३ वर्षीय सिगराज राईको यसैसाता केलाङ अस्पतालमा
उपचारका क्रममा ज्यान गएको छ । अवैधानिक रहेर काम गरिरहेका उनी विरामी
परेपछि साथीहरुको सहयोगमा अस्पताल भर्ना भएका थिए । एक वर्ष अगाडि मलेसिया
आएका उनी अवैधानिक रुपमा काम गरिरहेका थिए । हाल उनको शव पोसमार्टका लागि
केलाङ अस्पतालमै राखिएको छ । अवैधानिक रहेका कारण शव नेपाल पठाउन समस्या
परेकेा युवक तामाङले अनलाइनखवरलाई जानकारी गराए ।
त्यस्तै पेनाङमा रेलको पटरीमा अर्का एक
नेपालीले आत्महत्या गरेका छन् । फेवु्रवरी २४ तारिखका दिन उनले आत्महत्या
गरेको मलेसियाको सञ्चार माध्यमहरुले जनाएका छन । जोड गतिले आइरहेको रेलको
लिकमा उनी जादा रेलले किचेको बताइएको छ । मृतकको सनाखत हुन नसके पनि उनका
साथमा नेपाली भाषामा लेखिएको कागज भेटिएकाले उनी नेपाली रहेको खुलेको हो ।
उनको टाउको किचिएकाले भएकाले पहिचान हुन नसकेको स्रोतहरुले जनाएका छन् ।
केही नेपालीहरु आफ्ना कोही साथी पो परे कि भनेर खोजिनीति गरिरहेका छन् ।
हाल उनको शव पोसमार्टमका लागि पेनाङ अस्पतालमा राखिएको छ ।
यसैगरी पुलाउ पेनाङको सुगाइवेकापमा रहेको
सिङ सोग कम्पनीमा कार्यरत नवलपरासी अन्दाजी १८ वर्षका प्रदीप कुर्मीले
झुण्डिएर आत्महत्या गरेका छन् । आफुलाई कम्पनीमा काममा लगाउने वंगलादेशी
सुपरभाइजरले निकै नै दुख दिने गरेका कारण उनले आत्महत्या गरेको अनुमान
गरिएको छ । त्यस्तै क्वालालम्पुर भन्दा करीव चारघण्टा टाढा पर्ने टाइपिनमा
पनि एक नेपालीको ज्यान गएको छ । पर्सा जिल्ला सुनवास वैरिया गाविस वडा न ७
घर भएका २१ व्ाषर्ीय सुरज माझीको उपचारका क्रममा ज्यान गएको हो । पाचँ
महिना अगाडि मात्रै रोजगारीका लागि मलेसियाको टाईपिन सिम्पाङमा रहेको
कम्र्फोट रबर ग्लोव कम्पनीमा कार्यरत सुरेश केसीले घटनाबारे अनलाइनखबरलाई
जानकारी गराएका छन् ।
क्वालालम्पुरमा मंगलवार अर्का एक नेपालीको
ज्यान गएको छ । सानेपा घर भई मलेसियाको एक रेमिटान्स कम्पनीमा कार्यरत
रोशन श्रेष्ठको उपचारका क्रममा ज्यान गएको हो । सामान्य विरामी भएका
श्रेष्ठ उपचारका लागि आफैं अस्पताल पुगेका थिए । अस्पतालमा उपचार भैरहेको
अवस्थामा उनको ज्यान गएको हो ।

0 comments
Write Down Your Responses