एमाले-कांग्रेसका तीन प्रभावशाली नेता सिकिस्त
सहाना बोल्न नसक्ने अवस्थामा, बास्तोला दुई महिनादेखि बेहोस
१८ फागुन, काठमाडौं । १० दिनदेखि सिकिस्त
बिरामी भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थाबारे धेरैले चासो राखे
पनि देशका तीनजना प्रभावशाली नेता ओछ्यान परेको चाहिँ कमैलाई थाहा छ ।
पारसभन्दा पनि धेरै पहिलेदेखि बिरामी भएका यी तीन नेताहरुको स्वास्थ्य
अवस्था उत्तिकै गम्भीर छ । तर पारसको बारेमा सोधीखोजी र जिज्ञासा व्यापक भए
पनि बिरामी नेताबारे पार्टी नेतृत्वले नै खास ध्यान दिएको छैन ।
दुई वर्षदेखि घरभित्रै
बोल्न नसके पनि भेट्न जाने प्रायः सबैलाई
सहानाले चिन्नुहुन्छ । ‘हातको भाउ र इशाराले कुरा गर्ने गर्नुहुन्छ’
श्रेष्ठले भन्नुभयो ।ऊबेला राष्ट्रपति उम्मेद्वारको रुपमा समेत चर्चा
बटुलेकी सहानालाई अहिले अरुले मात्र होइन, उहाँको पार्टी एमालेले समेत
बिर्सन लागेको छ । सधैं उस्तै बिरामी त हो नि भनेर हिजोआज उहाँलाई भेट्न
कोही पनि जाँदैनन् ।
मुलुकमा सहमतीय प्रधानमन्त्री र महिला
अधिकारको आवाज चर्को रुपमा उठिरहेको बेला यी दुवै ठाउँमा उत्तिकै भूमिका
खेल्ने सहाना चाहिँ गुमनाम जस्तै हुनुहुन्छ ।
अप्रेशनको समय पर्खंदै
‘दमसँगै मुटुमा समेत समस्या देखिएपछि उहाँ
उपचारको लागि एक महिनादेखि भारतमा हुनुहुन्छ’ एमाले नेता श्रेष्ठले
बताउनुभयो । बुटवलको एक कार्यक्रममा सहभागी हुन जाँदा त्यहीँ बेहोस भएपछि
उहाँलाई भरतपुर अस्पतालमा सामान्य उपचार गराएर नयाँ दिल्ली लगिएको हो ।
नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उहाँको मुटुको शल्यक्रिया गर्ने तयारी छ
।
७६ वर्षीय अधिकारी केही महिनाअघि मुटुको
उपचारको लागि मेदान्त अस्पताल पुग्नुभएको थियो । अस्पतालले जाडोमा
शल्यक्रिया गर्दा समस्या हुने भएकाले गर्मीमा गर्नुपर्ने सल्लाह दिएको थियो
। त्यसपछि उहाँ नेपाल र्फकनुभयो । तर, फेरि समस्या भएपछि उहाँ त्यही
अस्पताल पुग्नुभएको हो । अस्पतालले शल्यक्रियाका लागि अझै केही महिना
पर्खनुपर्ने बताएपछि अधिकारी सिक्किमस्थित छोरी ज्वाईंको घरमा आराम गरेर
बसिरहनुभएको छ ।
बास्तोला दुई महिनादेखि बेहोस
‘आइसीयूबाट वार्डमा त सारिएको छ, तर होस
खुलेको छैन’ नेपाली कांग्रेस झापाका सदस्य केशवराज पाण्डेले अनलाइनखबरसित
भन्नुभयो -’डाक्टरहरुले अब क्रमिक सुधार हुन्छ भनेका छन् ।’बास्तोलाको छिटै
होस खुल्ने चिकित्सकले बताएका छन् । अहिले शरीररहको अंगहरु चल्न थालेको
चिकित्सकको भनाई उद्धृत गर्दै पाण्डेले भन्नुभयो । उहाँलाई प्रत्येक
घण्टामा पाइपको माध्यमबाट दुईसय ग्राम तरल खानेकुरा खुवाइने गरिएको छ ।
यस्तै फिजियोथेरापीको माध्यमबाट अंगहरुलाई
क्रियाशील गराउने प्रयास पनि भैरहेको छ । यसैवीच एमाओवादी अध्यक्ष
प्रचण्डका भतिज समीर दाहाल पनि दिल्लीको मेदान्त अस्पतालमा १५ दिन उपचार
गरेर बिहीबार काठमाडौं र्फकनुभएको छ ।

0 comments
Write Down Your Responses