दश प्रतिशतले गर्छन् अफिसमै यौनक्रिडा...
एक अध्ययनले सयमा दश जना मानिसले आफ्नो
कार्यालयमै सम्भोग गर्ने गरेको देखाएको छ । रोजगारी सम्बन्धी एक इन्टरनेट
साइट ग्लासडोरले गरेको सर्भेक्षणले यस्तो देखाएको हो ।
आफ्ना १ हजार जना प्रयोगकर्तामा गरिएको
अनलाइन सर्भेक्षणका क्रममा दश प्रतिशतले कार्यालयमै प्रेम र यौनलाई मूर्त
रुप दिने गरेको बताएका छन् ।
५१ प्रतिशत मानिसले कार्यालयभित्र आफ्नो
सहकर्मीसाग प्रेम गर्न तथा सेक्स गर्नु कुनै नराम्रो काम नभएको बताए । सयमा
३७ जनाले सहकर्मीसाग रोमान्टिक गफ तथा अन्य व्यवहार गर्ने गरेको बताए ।
यता २२ प्रतिशतले भने आफुले कार्यस्थलमा सहकर्मीसाग कुनै प्रेम तथा यौनजन्य
कार्य नगरेको स्पष्टीकरण दिएका छन् । कतिपय मानिसहरु आफुले कार्यालयमा
प्रेम तथा यौनजन्य काम नगरेपनि आफ्ना सहकर्मीको भने खुबै चियोचर्चो गर्दा
रहेछन् । सर्भेक्षणका क्रममा ४१ प्रतिशतले आफ्ना केही सहकर्मीले कार्यालयमा
यौनजन्य गतिविधि गर्ने गरेको सुइाको आफुले पाएको बताए ।
यद्यपि सर्भेक्षणको यो नतिजा सबै देशका
सबै कार्यालयको हकमा नमिल्न सक्छ । तथापि यसले कार्यस्थलमा हुने रोमान्स
तथा यौनजन्य गतिविधि बढिरहेको र समाजमा खुलापन बढिरहेको कुरालाई इंगित
गर्ने बताइएको छ ।

0 comments
Write Down Your Responses