ब्लाकबेरी प्रमुखले आइफोनलाई भने ‘आउटडेटेड’
ब्लाकबेरी फोनको निर्माता कम्पनी रिसर्च
इन मोसनका मुख्य कार्यकारी थोर्सटेन हेइन्सले एप्पलको आइफोन आउटडेटेड
भैसकेको टिप्पणी गरेका छन् ।
ब्लाकबेरीको बहुप्रतिक्षित नयाँ
टचस्त्रिmन मोबाइल जेड १० सार्वजनिक गर्न आयोजित समारोहमा बिहिबार उनले
यस्तो कडा टिप्पणी गरेका हुन् ।
एप्पल पूरानै ढर्रामा चलिरहेको भन्दै उनले
नयाँ आविष्कारको कमीका कारण एप्पलले ग्राहकको विश्वास गुमाइरहेको र एप्पल
प्रयोगकर्ताले नयाँ अनुभुति गर्न नपाएको दाबी गरे । आइफोनमा भन्दा
ब्लाकबेरीको नयाँ संस्करणको मोबाइलमा धेरै सुविधा भएको दाबी समेत उनले गरे ।
अहिले मोबाइल प्रयोगकर्ताले मल्टिटास्किङ वा एकैपटक मोबाइलमा धेरै काम
गर्न चाहने तर त्यो आइफोनमा सम्भव नहुने उनको तर्क छ । ब्लाकबेरीको नयाँ
संस्करणमा भने प्रयोगकर्ताले एकैपटक डेस्कटपमा एकभन्दा धेरै एप्लिकेसन
खोल्न सक्छन् । पाँच वर्षअघि आइफोन क्रान्तिकारी प्रडक्ट रहेको भएपनि अहिले
त्यो यथास्थितीवादी बनिसकेको उनको टिप्पणी छ ।
ब्लाकबेरीका सिइओको यो टिप्पणीप्रति एप्पलका प्रवक्ताले भने प्रतिटिप्पणी गर्न अस्विकार गरेको एपीले जनाएको छ ।
यसैबीच ब्लाकबेरीको नयाँ भर्सनको किबोर्ड
मोबाइल क्यू टेन कम्तिमा पनि २-३ महिनापछि मात्र बजारमा आउने भएको छ ।
यसअघि १० हप्ताभित्रै ब्लाकबेरीको नयाँ किबोर्ड भर्सन आउने भनिएको भएपनि
त्यो अझै केही हप्ता पछाडि धकेलिने बताइएको छ । प्रयोगकर्ताले रुचाउने
खालको अत्याधुनिक सफ्टवेयर तयार पार्ने काम भैरहेको र यहीँ तयारीका कारण
ब्लाकबेरीको नयाँ किबोर्ड भर्सन आउन केही ढिलाई हुने ब्लाकबेरीका सिइओको
भनाइ छ ।
1 comments
Write Down Your Responses

October 25, 2014 at 5:11 AM
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।