mainpageads

चुनावी सरकार गठनका विषयमा राष्ट्रपति र प्रचण्डबीच छलफल

२० फागुन, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादब र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति भवन शीतल निवास भएको छलफलमा दलहरुबीचको सम्वाद, सहमति कायम गर्न भएका प्रयास तथा चुनावी सरकार गठनका विषयमा छलफल भएको थियो ।
दलहरुबीच सहमति हुन नसक्दा राजनीतिक गतिरोध लम्बिएको भन्दै गम्भिर रुपमा निर्णायक वार्ता गर्न राष्ट्रपतिले प्रचण्डलाई सुझाव दिनुभएको थियो भने प्रचण्डले छलफल सकारात्मक भएकाले भन्दै चाँडै गतिरोध अन्त्य हुने दाबी गर्नुभएको बताइएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts