सहमतिका लागि नयाँ 'फर्मुला' ल्याउँछौः दाहाल
हेटौडा, माघ २० -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी महाधिवेशनले मुलुकमा जारी
राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ 'फर्मुला' ल्याउने बताएका छन् । उनले
विपक्षी दलले विरोध गर्न नसक्ने गरी 'फर्मुला' ल्याउने दावी गरे ।
देशका लागि आवश्क पर्दा जस्तो सुकै नरम रणनीति लिन र त्याग गर्न आफूहरु तयार रहेको भन्दै दाहालले विपक्षी दलको अडानका कारण सहमति हुन नसकेको बताए । उनले आन्दोलनका कुरा छाडेर निर्वाचनको वातावरण बनाउन कांग्रेस र एमालेलाई आग्रह गरे ।
पार्टी महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले अबको 'फर्मुला' पनि नमाने कांग्रेस एमालेको हालत जनताले हेर्ने चेतावनी दिए । उनले निर्वाचनका लागि जो कोही स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउन सकिने बताए ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी भएर निर्वाचनमा जान आफूहरुले गरेको वैधानिक प्रस्ताव कांग्रेस एमालेले नमानेका कारण मसिंरमा निर्वाचन हुन नसकेको उनको आरोप थियो । 'गृहमन्त्री, उच्च स्तरीय राजनीतिक संयन्त्रको नेतृत्व र अख्तियारको प्रमुख तपाईहरु नै लिनुस भन्दा पनि कांग्रेस सहमतिमा आउन चाहेन,' विपक्षीप्रति आक्रोश पोख्दै दाहालले भने ' मर्ने बेलामा कमिलाको प्वाँख त आएको होइन?'
निर्वाचनमा जाने विषयमा सबै सहमत भएपनि सरकार बनाउने विषयमा सहमति हुन नसकेको भन्दै उनले भने 'कोही त होला सबैले मान्न सक्ने व्यक्ति । ल्याउनुस र सरकार बनाएर निर्वाचनमा जाउँ ।'
उनले प्रधानमन्त्री भट्टराईको बचाउ गर्दै भने 'बाबुरामजी लोकतन्त्र र शान्ति प्रक्रिया विरोधी होइन । यो कुरा रामचन्द्र र बामदेवजीलाई पनि थाह छ ।' उनले नेत असफल होला तर जनता असफल हनेछैन भन्दै अन्त्यमा जनताले दिने फैसला सबैले मान्नुपर्ने बताए ।
उनले आफूहरु जतिसुकै नरम भएपनि जनताको मुद्दा कुनै हालतमा नछाड्ने र जनवादी क्रान्तिका बाँकी काम शान्ति प्रक्रियाबाट पूरा गरिने बताए । उनले जनता अधिकार सम्पन्न र समृद्ध नभएसम्म राष्ट्रिय स्वतन्त्रता सुदृढ हुननसक्ने भन्दै त्यस तर्फ महाधिवेशनले कार्ययोजना बनाउने उल्लेख गरे ।

0 comments
Write Down Your Responses