सुतिरहेकी छात्रालाई बलात्कार गर्ने पक्राउ
१९ माघ, दाङ । हापुर गाबिस ४ निवासी १६ वर्षीया एक किशोरीलाई गत माघ १३ गते राति सामुहिक बलात्कारमा परेकी छन्
राति ९ बजे दुई युवाहरु झ्यालबाट भित्र
प्रवेश गरी सुतिरहेको अवस्थाबाट घिसार्दै बाहिर निकालेर घरदेखि केही टाढा
लगेर सामुहिक बलात्कार गरेको स्थानीय प्रहरीले जानकारी दिएको छ । घटनापछि
हापुर-२ का १९ बर्षीय देबेन्द्र गिरी र सोही ठाउँ निबासी १८ बर्षीय माधव
गिरी पक्राउ परेका छन् । घटना भएको भोलिपल्ट पीडित किशोरीले जाहेरी दिएपछि
प्रहरीले उनीहरुलाई माघ १६ गते पक्राउ गरेको हो । पीडित किशोरीकी बुवा
अर्को बिहे गरेर झापामा बस्दै आएको र आमाले पनि अन्तै विावाह गरेपछि उनी
मामा घरमा बस्दै आएकी छन् । उनी मावि तहमा अध्ययनरत छात्रा हुन् ।
पिडितले जाहेरीमा लेखेको घटना विवरणमा १३
गते राति भाइ/बहिनीसँग सुतिरहेका बेला देबेन्द्र गिरी र माधव गिरी झ्यालबाट
प्रबेश गरी एक्कासी मुख थुनी कोठाबाट लतार्दै बाहिर लिई घिसार्दै जबरजस्ती
घरदेखि दक्षिणतर्फ रहेको खरकट्टीमा लगेर दुबैले पालैपाले बलात्कार गरेको
उल्लेख छ ।
घटनाका अभियुक्तलाई १६ गते पक्राउ गरेपछि
१७ गते म्याद थप गरी अनुसन्धान प्रकृया सुरु भएको जिल्ला प्रहरी कार्यालयका
अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी दाङ प्रहरीले माघ २ गते घोराही
१० का ३८ बर्षीय मोहमद जहीर शेखले घोराहीमा एक युवतीलाई जबरजस्ती करणीको
प्रयास गरेको भन्दै उनी विरुद्धसमेत जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता
गरेको छ ।


0 comments
Write Down Your Responses