mainpageads

उल्टो साइकल चलाएरै ४३ देश घुमघाम ...

रमेशकुमार पौडेल, चितवन, फागुन ४ - उदयपुरका २८ वर्षे बीरेस दाहालले चलाउने साइकलको ह्याण्डिल भएको ठाउँमा पनि बस्ने सिट छ। बीरेस त्यहि सिटमा बसेर साइकल चलाउँछन्। उनले यसरी चलाउँदा ह्याण्डिलतर्फ पिँठ्यु हुन्छ। पिठ्यु ह्याण्डिलतर्फ। उनी टाउको घुमाएर साइकल अगि बढाउँछन्।

अरुले भन्दा असामान्य तरिकाले साइकल चलाउने दाहालले यो दृश्य विश्वका ४३ देशमा देखाइसके। पछि फर्केर साइकल चलाउँदै उनी एसियाका २८ र अफ्रिकाका १५ देश घुमिसकेका छन्। आउँदो चार वर्षभित्र विश्वका सवै देश घुम्ने उनको योजना छ। विश्वमा मानवीयता र शान्तिको सन्देश फैलाउन साइकल यात्रा गरेको दाहालको भनाइ छ।
'यसरी अनौठो तरिकाले साइकल चलाउँदा मान्छेको ध्यान तानिन्छ। अनि ठाउँ-ठाउँमा रोकेर विश्वबन्धुत्व र शान्तिको कुरा राख्न सजिलो हुन्छ' दाहालले भने। उदयपुरको त्रियुगा नगरपालिका-७ मौतीगौंडा घर भएका दाहालले सन् २००४ डिसेम्बर २४ मा पुर्वी सिमाना मेची पुलबाट साइकल यात्रा सुरु गरेका थिए।
उनलाई साथ दिएका थिए काभ्रेका ४६ वर्षे जनार्दन खनालले। त्यो दिनदेखि उनीहरु यात्रामा साथै छन्। खनाल सामान्य रुपमै साइकल चलाउँछन्। मेचीबाट सुरु साइकल यात्रा १६ दिनपछि महाकालीमा पुगेर सकिएको थियो। त्यसपछि भारत, भुटान, बंगलादेश, चीन हुँदै उनीहरु विश्व यात्रामा लागे।
एसिया र अफ्रिकाका ४३ देश घुमेपछि उनीहरु माघको तेस्रो हप्ता नेपाल छिरेका छन्। एक महिना नेपाल बसेपछि उनीहरु कोरियाबाट फेरि विश्व यात्रा आरम्भ गर्नेछन्। सन् २०१७ सम्म विश्व भ्रमण पुरा गर्ने योजना रहेको दाहालले सुनाए। जुन देश पुगिन्छ त्यहि देशका नेपालीले गर्ने सहयोगले यात्रा जारी राख्न सकेको उनले बताए।
'अहिलेसम्म यात्रामा ३४ लाख रुपैयाँ खर्च भयो होला। सवै रकम सहयोगीले जुटाइ दिएका हुन्' दाहालले भने। सिङ्गापुरमा त्यहाँको प्रहरीले नियमले मिल्दैन भन्दै उल्टो साइकल यात्रा नचलाउन भनेको थियो। त्यस्तै अफ्रिकी देश बुरुण्डीबाट तान्जानीया जाने बेला एक ठाउँ उनी दुर्घटनामा परे। यो बाहेक दुख्खदायि क्षण अरु नभएको उनले


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts