mainpageads

म्यूजिक भिडियोमा बेलायती प्रधानमन्त्री !

बेलायतका प्रधानमन्त्री डेविड क्यामरुन छिट्टै म्यूजिक भिडियोमा देखिने भएका छन् । यो भिडियो वन डाइरेक्शन नामको एक ब्याण्डले बनाएको हो, जसको उद्देश्य गरीबी उन्मूलनका लागि आर्थिक सहयोग जुटाउनु रहेको छ ।
भिडियोमा क्यामरुन एक अतिथि भूमिकामा देखिने छन । यो गीत सन् १९८५ देखि काम गरिरहेको संगठन कोमिक रिलिफप्रति समर्पित छ, जसले गरीबी उन्मुलनको प्रयासमा अहिलेसम्म ८० करोड पाउण्ड चन्दा संकलन गरिसकेको छ ।
गत वर्ष डाउनिङ स्ट्रीटमा भिडियो सुटिङ गरिएको र प्रधानमन्त्री पनि सहभागी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यो गीतका लागि लाग्ने कर सरकारले आफ्नो विदेश विकास बजेटबाट बेहोर्ने प्रधानमन्त्रीका प्रवक्ताले बतताएका छन् ।
प्रधानमन्त्री क्यामरुन आफ्नो पत्नी र दुई बच्चाका साथ स्पोट्र्स रिलीफको एक कार्यक्रममा पनि सहभागी भएका थिए, जसबाट जम्मा भएको चन्दा कोमिक रिलिफलाई नै दिइएको थियो ।
पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले पनि सन् २००७ मा आफ्नो प्रधानमन्त्री कालको अन्तिममा कोमिक रिलिफको एक भिडियोमा अभिनय गरेका थिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts