समाचार
»
वर्षौपछि फागुनमा हिमपात, पहाडी राजमार्गहरु अवरुद्ध
वर्षौपछि फागुनमा हिमपात, पहाडी राजमार्गहरु अवरुद्ध

बरुण
पनेरु, डडेल्धुरा, फागुन ६ -अविरल वर्षासँगै हिमपातले सुदुर पश्चिमको
भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातीबाट परेको हिमपातले सुदुर
पश्चिमको जनजीवन प्रभावित भएको छ। हिमपातका कारण खोड्पे-बझाङ राजमार्ग पनि
अवरुद्ध भएको छ। फागुनको महिनामा हिमपात भएको १० वर्षमा पहिलो पटक हो। सडक
खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी
कार्यालयले जनाएको छ।
शनिवार विहानैदेखि परेको अविरल वर्षासँगै भएको हिमपात र चर्को
हावाहुरीले बैतडीको मुख्य व्यवसायिक नाका खोड्पे बजारका होटल र आसपास
रहेका पाँचवटा घर छाना उडाउँदा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ।

हिमपात र चर्को
हावाहुरीले पसलको छाना उडाएपछि होटल र चिया पसलेहरु विस्थापित बनेको
स्थानीय हरिशकिरण बिष्टले बताए। चर्को हवाहुरीसँगै हिमपात भएपछि घरबाहिर
निस्कन नसक्दा स्थानीयले पानी समेत भर्न नपाएको बिष्टले बताए। 'घर र पसलको
छाना उडाएपछि विस्थापीत बनेका स्थानीय सुरक्षित ठाउँमा रहेका होटलमा आगो
तापेर बस्न बाध्य भएको छ,' बिष्टले भने।

हावाहुरीसँगै हिमपात
भएपछि बैतडी-बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र
परेका छन्। हिमपातले बैतडी, बझाङ र दार्चुला जिल्ला जाने सयौं यातायातका
साधन खोड्पे बजारमा अलपत्र परेको स्थानीयले बताएका छन्।

0 comments
Write Down Your Responses