पाँच आदत जसले तपाइँलाई बर्बाद पार्छन्
हाम्रा यस्ता केही बानीव्यहोरा वा दैनिक
गर्ने काम हुन्छन् जसले हामीलाई पत्तो नदिइकनै डुबाइरहेका हुन्छन् । ती
आदतले हामीलाई बिगार्छ भन्ने कुराको जानकारी हामीलाई भैरहेको हुन्न ।
हामीलाई थाहा छ हानिकारक खानेकुरा खानु, धूमपान गर्नु, नङ टोक्ने बानी तथा
ढिलो सम्म नसुत्ने बानी हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर
हामीले उतिसारो ध्यान नदिएका र घाटायोग्य नठानेका केही सामान्य बानीव्यहोरा
समेत हाम्रो लागि निकै हानिकारक सावित हुन्छन् । जस्तै ः
१. झुटो बोल्नु : झुट
भलै सानो होस् वा उतिसारो गम्भीर नहोस् तर त्यो व्यक्तिको मानसिक
स्वास्थ्यका लागि समेत निकै हानिकारक हुने अध्ययनले देखाएको छ । झुटो
बोलेको कुरा भलै अर्कोले थाहा नपाओस् तर झुटो बोल्ने व्यक्तिलाई मानसिक
रुपमा आफुले बोलेको झुटले असर गर्छ । झुटो बोल्ने बानीले व्यक्तिलाई तनाबमा
फसाउँछ । झुटो बोलेपछि व्यक्तिमा तनाव पैदा हुन्छ, टाउको दुख्छ, घाँटी
दुख्छ र थकाइ लाग्छ ।
२. खाजा खाने छुट्टीमा पनि काम गरिरहनु :
तपाइँ जति नै सुकै व्यस्त किन नहुनोस् तर तपाइँले आफ्नो स्वास्थ्यका लागि
कार्यालय वा कार्यस्थलको समयमा खाजाको छुट्टीमा आराम गर्नैपर्छ । खाजा
छुट्टीमा समेत कार्यालयको कुर्सीमै बसिरहने र त्यहीँ खाजा मगाएर खाने
बानीले तपाइँलाई नराम्रो असर गर्छ । विज्ञहरुका अनुसार खाजा छुट्टीमा समेत
कार्यकक्षमै बस्ने बानीले व्यक्तिमा तनाव बढाउँछ । हतारमा खाने बानीले
खञ्चुवा बनाउने मात्र होइन रोग प्रतिरोधी क्षमता घटाएर रोगको जोखिम बढाउँछ ।
अध्ययनले के देखाएको छ भने तपाइँ कार्यालयको कार्यकक्षमा ट्वाइलेटमा भन्दा
४ सय गुणा बढी किटाणु हुन्छन् ।
३. घरायासी काम नगर्ने :
घरको काम छुँदै नछुने बानीले पनि व्यक्तिलाई रोगी बनाइरहेको हुन्छ । खाना
पकाउने, घर सफा गर्ने, लुगा धुने जस्ता घरधन्दा चाहे महिला होस् वा पुरुष
दुबैले गर्नैपर्ने हुन्छ आफ्नो स्वास्थ्य ठीक राख्छ । अध्ययनले त के
देखाएको छ भने समय समयमा कार्यालयमा विदा लिएर घर बस्ने र घरायासी काम
गर्ने गरेमा व्यक्तिको स्वास्थ्य निकै राम्रो हुन्छ । यसले सरीरमा स्टे्रस
हर्मोनको मात्रा घटाउने, आनन्द महसुस गराउने फाइदा प्रदान गर्छ ।
४. एटिएमको अत्यधिक प्रयोग
: बैंकबाट पैसा निकाल्ने एटिएम मेसिनको बढि प्रयोगपनि स्वास्थ्यको लागि
अति हानिकारक हुन्छ । कसरी ? अचम्म लाग्नसक्छ । तर यो कुरा के साँचो हो भने
एटिएम काउन्टर किटाणुको घर नै हो भन्दा फरक पर्दैन । अध्ययन अनुसार एटिएम
मेसिन सार्वजनिक सौचालय भन्दा पनि फोहोर हुन्छन् । एटिएम मेसिनको अंक
दबाउने कि बोर्डमा यति धेरै किटाणु हुन्छन् की त्यति किटाणु सार्वजनिक
सौचालयमा मात्र हुन्छन् । त्यसैले एटिएम मेसिनबाट पैसा निकालेपछि घरमा आएर
राम्ररी सावुन पानीले हात धोइएन भने ती किटाणुले नराम्रो असर पूराउने
सम्भावना हुन्छ ।
५. साथीलाई ढाँटिरहने र साथीसँगीबाट तर्किने :
हुनत मान्छेको मानसिक शान्ति तथा स्वास्थ्यका लागि एकान्तवास आवश्यक हुन्छ
। तर मान्छेकेा शारीरिक तथा सामाजिक स्वास्थ्यका लागि साथीसँगीहरुको संगत
उत्तिकै महत्वपूर्ण हुन्छ । साथीसंगी सँग नमिल्ने, जमघटमा नजान विभिन्न
बहानाबाजी गर्ने तथा एकलकाटे बन्ने प्रवृत्तिले व्यक्तिको शारीरिक, मानसिक
तथा सामाजिक स्वास्थ्यमा नराम्रो असर पार्छ । दरिलो सामाजिक सम्बन्धले
व्यक्तिको मस्तिष्कलाई स्वस्थ राख्छ, डिप्रेसनको समस्या कम गर्छ, तनाव
घटाउँछ र आफ्नो तन्दुरुस्तीको ख्याल गर्न व्यक्तिलाई उत्प्रेरित गर्छ ।

0 comments
Write Down Your Responses