mainpageads

‘अरुकोभन्दा भुवनकै ओछ्यान बेश’

एटीएमजस्तो अश्लिल चलचित्र खेलेर चर्चामा आएकी नायिका जिया केसी पछिल्लो दिनमा भुवन केसीको जस्तो पाको उमेरका हिरोसँगको प्रेम सार्वजनिक गरिरहेकी छिन् । हालै साप्ताहिकलाई अन्र्तवार्ता दिंदै नायिका केसीले भुवनले मानेको खण्डमा आफु बिबाहका लागि तयार रहेको बताइन् ।

स्यान्ट्रो र फ्ल्याट किनिदिने भन्दै भारतीयहरु आफुसँग सम्बन्ध राख्ने प्रस्ताव लिएर आएको भन्दै जियाले भनिन-’ स्यान्ट्रोको लोभमा परेर परिवार भएको ब्यक्तिको ओछ्यान तताउनुभन्दा यस्ता-भुवन)लाई प्रेम गर्नु राम्रो हो । आखिर सेक्स भनेको आफुले प्रेम गर्ने ब्यक्तिसँग गरेको पो राम्रो ।’

‘मलाई एक्लो, सफा सुग्घर, मायालु र हेण्डसम पुरुष मन पर्छन । यी सवै कुरा भुवन केसीमा छ’ जियाले आफुभन्दा दोब्बर बढि उमेरका भुवनसँगको आशक्ति देखाउँदै भनिन-’ नेपालको सुपरस्टार भएर पनि उहाँ आमा-बुबाको सेवा गरेर बसिरहनुभएको छ । बिचरा भुवन कति दुःखी हुनुहुन्छ । उहाँजस्तो ब्यक्तिको साथी हुन पाउनु ठूलो कुरा हो ।’

वास्तविक नाम जानुका कार्की भए पनि निर्देशक दीपक श्रेष्ठको सुझावमा जिया केसी भएकी उनले धेरै निर्माता निर्देशकले सेक्रिफाइज गर्नुपर्छ भन्दै यौन प्रस्ताव राखेको बताइन् ।

‘यस्तो प्रस्ताव राख्ने पहिलो त निर्माता निर्देशक नै हुँदा रहेछन’ जियाले भनिन-’उनीहरुलाई माध्यम बनाएर बिज्ञापन एजेन्सीका भारतीयहरु ठूलो अफर लिएर आउँदा रहेछन । कतिले मलाई फ्ल्याट किनिदिन्छु भने, कतिले सेन्ट्रो गाडी दिन्छु भने । तिमी मेरो पार्टनर बन, तिम्रा लागि बर्षमा दुईवटा फिल्म बनाइदिन्छु भन्ने निर्माता पनि हुँदारहेछन् । बल्ल थाहा भयो सेक्रिफाइजको अर्थ ।’

यस्ता आए पनि आफुले नस्वीकारेको दावी गर्दै उनले भनिन- ‘कतिपय नायिका यस्ता कुरालाई बाहिर ल्याएर इन्डष्ट्रीका मान्छेलाई बदनाम गर्छन, म त्यसो गर्नु हुँदैन् भन्छु ।’


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts