mainpageads

डेटिङको सजायँ कपाल मुण्डन !

जापानकी पप स्टार मिनामी मीनिगिशीले डेटिङ जान नपाउने ब्याण्डको नियम उल्लंघन गरेकी छिन् । प्रेमीको घरबाट सुटुक्क बाहिरिदै गरेको तस्वीर सार्वजनिक भएपछि उनले कपाल मुण्डन गरि आफुले आफैंलाई सजायँ दिँदै माफी मागेकी छिन् । शिर मुण्डन जापानमा माफी माग्ने परम्परागत तरिका हो ।

डेटिङ जान नपाउने उनको ब्याण्डको नियम छ । यू-ट्युवमा राखिएको रेर्कडिङ सन्देशका अनुसार आफ्ना प्रशंसकहरुसँग माफी माग्दै उनले एकेबी ४८ ब्याण्ड छोड्न नचाहेको बताएकी छिन् । शिर मुण्डन गर्दैमा आफूले माफी नपाउने भन्दै उनले भनेकी छिन्-यदि यो सम्भव छ भने म हृदयदेखि नै ब्याण्डको सदस्य बन्न चाहन्छु । जे मैले गरेँ, त्यो मेरो गल्ती थियो र म माफी माग्छु ।’
ब्याण्डको प्रोडक्सन कम्पनीले भने मीनिगिशीले डेटिङको अधिकार नरहने ब्याण्डको मूल नियम तोकेको बताएको छ । साथै उसले मीनिगिशीलाई पदबाट हटाएको छ ।
प्रशंसकहरुले भने स्टारहरुको निजी जीन्दगी हुने भन्दै पप स्टार मिनामी मीनिगिशीको बचाउ गरेका छन् । उनको प्रेमी एक पुरुष ब्याण्डका डान्सर हुन् । हालै मात्र मिनिगिशी आफ्ना प्रेमीको घरबाट निस्कदै गरेको तस्वीर सार्वजनिक भएको थियो । मीनीगिशी सन् २००५ देखि ब्याण्ड एकेबी ४८ को सदस्य छिन् । यो ब्याण्डमा ९० महिला छन्, जसमा किशोरीदेखि २० वर्षसम्मका युवतीहरु छन् ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts