सलमानको फ्यान बन्न अस्विकार गरिन् प्रियंकाले
बलिउड नायिका प्रियंका चोपडा र नायक सलमान
खानको निकटता पछिल्लो समय बढिरहेको चर्चा छ । प्रियंका साहरुखलाई छोडेर
सलमानको साथमा लागेको खबरहरु पनि नआएका होइनन् ।
तर
नायिका चोपडाले भने सलमानको फ्यान बन्न अस्विकार गरेकी छिन् । अनुराग
कश्यपले निर्देशन गर्न लागेको सर्ट फिल्ममा सुरुवातमा नायिका चोपडाले
सलमानको फ्यान बन्न स्विकार गरेकी थिइन् । तर पछि एकाएक उनले उक्त
भूमिकालाई अस्विकार गरेकी छिन् ।
प्रियंकाले सलमानको फ्यान बन्न अस्विकार
गर्नुको कारण साहरुख खान रहेको वुझिएको छ । साहरुखले नगर्न भनेपछि
प्रियंकाले भूमिका अस्विकार गरेको चलचित्र पण्डितहरुको तर्क छ ।
साहरुखसँग नाम जोडिएपछि प्रियंका अहिले चर्चामा छिन् । उनले अमिताभ बच्चनको फ्यानको भुमिका पाए काम गर्न तयार रहेको बताएकी छिन् ।

0 comments
Write Down Your Responses