mainpageads

‘कुटुम्ब’ मा झल्कदै सुष्मा

नेपाली संगीतप्रेमीहरुका लागि कुटुम्ब कुनै नौलो नौलो होइन । ‘कुटुम्ब व्याण्ड’ संगीतप्रेमीहरुको मन र मस्तिष्कमा झुण्डिएको छ । तर ‘कुटुम्ब’ नाममै एक चलचित्रको निर्माण भएको छ ।प्रतिमान रुम्बाको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई सुजन लामाले निर्देशन गरेका हुन् । चलचित्रमा सुष्मा कार्की, सागर घिसिङ, लत्ता योञ्जन, प्रकाश वाइवा, सुर्यमान घले, सिता थिङ, राजु ढकाल, सुजन लामा लगायतका कलाकारको अभिनय छ । चलचित्रले तामाङ संकृती र रीतिरिवाजलाई उठान गरेको छ ।

तामाङ संकृतीमा फुपु चेलीको छोराछोरीसँग बिहे गर्ने चलन छ । तर आफ्ना वुवाआमाले सानोमै नाता जोडीदिएपछि छोराछोरीलाई पर्ने अप्ठ्यारो ‘कुटुम्ब’ मा हेर्न पाइने निर्माणपक्षले बताएको छ । चलचित्रमा नायिका सुष्मा कार्की एक धनी परिवारको छोरीको भुमिकामा  देखिदैछिन् ।

रोशन वान्तवा र शोम घिसिङको संगीत रहेको चलचित्रमा चन्दा गोलेको कथा समावेश छ । चलचित्र नयाँ बर्षमा प्रदर्शनमा आउने निर्माणपक्षले बताएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts