मनोरंजन
»
साहरुखले उछिने सलमानलाई, एक बर्षमा २ अर्ब कमाई
साहरुखले उछिने सलमानलाई, एक बर्षमा २ अर्ब कमाई
बलिउडमा नायक साहरुख खान र सलमानको चर्चा
सर्वाधिक हुनेगर्दछ । लामो समयदेखि एकअर्का बिच दुश्मनी मोल्दै आएका यि दुई
खानले संचारमाध्यममा सधै नै स्थान पाइरहेका हुन्छन् । सलमान र साहरुख
मध्ये को नम्बर १ भन्ने चर्चाले पनि बलिउड तातिरहेको हुन्छ ।तर
विश्वकै चर्चित म्यागेजिन फोब्र्सले नायक साहरुख खानलाई भारतको सबैभन्दा
चर्चित र शक्तिशाली सेलिब्रेटीको सूचिमा राखेको छ । भारतका १ सय चर्चित
सेलिब्रेटीको सुचिमा साहरुख अग्रस्थानमा रहेका छन् । उनले आफ्नो
प्रतिस्पर्धी सलमान खानलाई उछिनेका हुन् । फोब्र्सले सेलिब्रेटीको कमाई र
चर्चालाई मुख्य आधार बनाएर यो सुचि तयार पारेको हो । यो सुचिको दोश्रो
स्थानमा सलमान खान र तेश्रो स्थानमा क्रिकेटर महेन्द्र सिंह धोनी समावेश
छन् । फोब्र्सका अनुसार साहरुख खानले सन् २०११ अक्टुबर १ देखि सन् २०१२
सेप्टेम्बर ३० सम्म २०२.८ करोड रुपियाँ कमाइ गरेका छन् । यस्तै सलमानले यो
अवधिमा १४४.२ र धोनीले १३५.१६ करोड कमाइ गरेका छन् ।
सुचिको चौथो स्थानमा अक्षय कुमार र पाचौ
स्थानमा अमिताभ बच्चनको नाम समावेश छ । यो सुचिमा समावेश अधिकांश
सेलिब्रेटी ३० देखि ५० उमेरको बिचका छन् । १ सय सेलिब्रेटी को यो सुचि
फोब्स इण्डियाको ताजा संकरणमा समावेश हुनेछ । यो संकरण २८ जनवरी २०१३ मा
बजारमा उपलब्ध हुनेछ ।
0 comments
Write Down Your Responses