mainpageads

युट्युबमा भिडियो हेर्न पैसा तिर्नुपर्ने

चर्चित भिडियो साइट युट्युबमा निशुल्क रुपमा आफुले चाहेका भिडियोहरु खोजी खोजी हेर्न पाइन्छ । तर अब निकट भविष्यमै युट्युबमा भिडियो हेर्न चाहनेले पैसा तिर्नुपर्नेछ वा सित्तैमा युट्युबमा भिडियो हेर्न पाइनेछैन ।

गुगलको भिडियो साइट युट्युबुले यो वर्षको अन्त्यसम्ममा युट्युबका केही सामाग्रीहरु हेर्नका लागि पैसा तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो । सबै खालका भिडियोहरुका लागि पैसा तिर्नु नपरेपनि केही विशेष खालका भिडियोहरु भने केवल सशुल्क रुपमा मात्र उपलब्ध हुनेछन् ।
समाचार अनुसार युट्युबले आफ्नो सशुल्क सेवाको तयारी स्वरुप विभिन्न भिडियो निर्माता कम्पनीहरुलाई साझेदारीको लागि आग्रह गर्दै युट्युबलाई सशुल्क च्यानलको रुपमा विकशित गर्न सहकार्यको लागि उनीहरुले उत्पादन गरेका भिडियोहरु पठाउन आग्रह गरेको छ । विश्वको नम्बर वान भिडियो वेबसाइटको रुपमा रहेको युट्युब अहिलेसम्म विभिन्न खालका अनौपचारिक तथा घरेलु वा गैर नाफामूलक खालका भिडियोहरुका कारण समेत चर्चित बनिरहेको बेला गुगलले अब युट्युबलाई व्यवसायिक भिडियोहरुको च्यानलको रुपमा विकशित गर्ने सोँच बनाएको हो ।
अहिलेसम्म रहेका अव्यवसायिक भिडियोहरुको छेउँमा आउने विज्ञापनहरुबाट कमाइ गरिरहेको युट्युबले सशुल्क सेवापछि अब भिडियोहरुबाटै आम्दानी सुरु गर्नेछ भने भिडियो निर्माताहरुले पनि सोही अनुरुप कमाउनेछन् । गुगलको योजना अनुसार भिडियोहरुको संख्या वा प्रकारको आधारमा उपभोक्ताहरुबाट महिनाको १ देखि ५ डलर सम्म शुल्क लिएर युट्युबमा भिडियो हेर्ने सुविधा उपलब्ध गराइनेछ । यद्यपि गुगलले भने यो बारेमा कुनै आधिकारिक जानकारी गराएको छैन ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts