mainpageads

केकीसँग काम गर्दा मख्ख बाबु

नायक बाबु बोगटी र नायिका केकी अधिकारीको जोडी जम्ने क्रममा छ । २ महिना लामो दार्जलिङ बसाई पश्चात यि दुई केही दिन अघि नेपाल फर्किएका छन् । राजेश घतानीको निर्माणमा तयार भएको चलचित्र ‘बितेका पल’ को छायांकन सकेर यसको निर्माणपक्ष नेपाल फर्किएको हो ।केकीसँग काम गर्दा कस्तो लाग्यो त भन्ने प्रश्नमा बाबुले भने, ‘साह्रै मिलनसार, पारिवारिक लाग्यो ।’ केकीको अभिनयबाट समेत बाबु मोहित भएका छन् । ‘उनको अभिनको त कुरा नै नगरौ’ बाबुले अनलाइनखबरसँग भने । सुरज सुब्बा नाल्बोको निर्देशनमा तयार भएको चलचित्र ‘बितेका पल’ को छायांकन २ महिना दार्जलिङमा गरिएको हो । ‘२ महिनासम्म घर बाहिर बस्दा साह्रै अत्यास लाग्यो’ बाबुले अनलाइनखबरसँग भने ।चलचित्रले प्रेमलाई विभिन्न कोणबाट परिभाषित गरेको छ । चलचित्रमा अबिनाष गुरुङले पनि अभिनय गरेका छन् । यसभन्दा अघि ‘बाटो मुनिको फुल’ निर्माण गरेका राजेशको यो सिनेमाले पनि दर्शकको माया पाउने विश्वास गरिएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts