mainpageads

बेकह्यामले पेरिस सेन्ट जर्मेनबाट खेल्ने

१९ माघ, काठमाडौं । इङ्गल्याण्डका पूर्वकप्तान डेविड बेकह्याम फ्रान्सली क्लब पेरिस सेन्ट जर्मेनमा अनुवन्ध भएका छन् । ३७ वर्षीय बेकह्यामले खेलाडी स्थानान्तरणको अन्तिम दिन बिहीबार राति पेरिस सेन्ट जर्मेनसँग ५ महिने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उनी फेब्रुअरी २४ मा मार्सेलिएविरुद्ध मैदान उत्रनेछन् । पेरिस सेन्ट जर्मेन रोज्नको कारण खुलाउँदै उनले भनेका छन्–‘मे यो क्लब के गर्दैछ भन्ने हेरेँ, यो क्लबलाई कसले सम्हाल्दैछ भन्ने पनि हेरेँ । यो विस्तार हुँदै गरेको शहर हो र त्यहाँ एउटा क्लब छ, जुन आगामी १०, २०, ३० वर्षमा सफल हुनेछ ।’
म्यानचेष्टर युनाइटेडमा रहँदा आफू निकै सफल भएको भन्दै उनले युनाइटेडबाट अन्य क्लबका लागि नखेल्ने बताए । उनले भने–युनाइटेडमा रहँदा म सफल भने र संधै भन्दै आएको छु, म अन्य इङ्गिलस क्लबबाट खेल्न चाहन्न ।’
रिस सेन्ट जर्मेनमा आवद्ध भएपछि उनले आफ्नो पारिश्रमिक स्थानीय बालबालिकाहरुलाई सहयोग गर्ने घोषणा गरे । उनले साप्ताहिक १ लाख ५ हजार पाउण्ड च्यारिटीका लागि दिने घोषणा गरेका हुन् । उनले भने–‘म तलव लिने छैन, मेरो तलब स्थानीय बालबालिकाको च्यारिटीमा जान्छ ।’
बेकह्यामले गत डिसेम्बरमा अमेरिकी क्लब एलए ग्यालेक्सी छाडेका थिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts