बेलायती प्रधानमन्त्रीको आमिरलाई निम्तो
नयाँ दिल्ली, फागुन १२ (एजेन्सी) - बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले बलिउड हिरो आमिर खानलाई बेलायत आउन निम्तो दिएका छन्। भारतको छोटो भ्रमणमा आएका क्यामरुन र आमिरबीच दिल्लीस्थित एक शैक्षिक संस्थामा कुराकानीसमेत भएको थियो। प्रधानमन्त्रीको निम्तोलाई आमिरले सहर्ष स्वीकार गरेका छन्। आउँदो वर्ष उनी बेलायत भ्रमणमा जाने भएका छन्।
युनिसेफका लागि भारतीय सद्भाँवना दूत रहेका आमिरलाई क्यामरुनले विशेष महत्त्व दिएका छन्। दिल्लीमा उनीहरुलाई कडा सुरक्षा घेरामा भेट गराइएको थियो। दिल्लीका विद्यार्थीहरुबीच उनीहरुले गफसमेत गरेका थिए। विद्यार्थीबीच प्रश्नोत्तर भएपछि आमिर र क्यामरुनबीच कुराकानी भएको थियो।
1 comments
Write Down Your Responses

November 16, 2014 at 4:25 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन