mainpageads

पूजनाको जवानी चैत्र महिनामा फक्रिने...

नायिका पुजना प्रधानको उत्तेजक दृश्यका कारण सुटिङ अगाडि नै चर्चामा आएको चलचित्र 'रक्षा' आगामी चैत महिना को पहिलो साता देशभर प्रदर्शन हुने कुरा निर्देशक राजु गिरीले बताएका छन्। नायिका नंग्याउन माहिर निर्देशकको पहिचान बनाएका राजुको यो चलचित्रमा पूजनाको अलावा अन्य दुई नायिका सारिका घिमिरे र खुसी थापाले पनि बेड सिन दिएका छन्। अत्यधिक यौनजन्य दृश्य भएका कारण यो सिनेमाको धेरै दृश्यमा सेन्सरले कैंची चलाउने सम्भावना धेरै छ। राजुले यसभन्दा अगाडि पनि चलचित्र 'बिन्दास'मा सुष्मा कार्कीलाई मज्जैले नंग्याएका थिए। पछि सुष्माले पोस्टर र चलचित्रको प्रमोसनल भिडियोमा आफुलाई गलत प्रयोग गरिएको  भन्दै आपत्ति जनाएकी थिइन्।
त्यस्तै लफडा 'रक्षा'मा पनि परिसकेको छ। नायिका पूजनाले निर्देशकले पोस्टरमा 'चिटिङ' गरेर आफ्नो शरीरको पछाडि भाग नांगो देखाएको भन्दै प्रमोसनमा सहभागी नहुने अड्डी कसेकी छिन् भने अन्य दुई नायिका सारिका र खुसीले पोस्टरमा पूजनालाई मात्र हाइलाइट गरेर आफूहरूलाई 'इग्नोर' गरेको भन्दै आपत्ति जनाएका छन्। तर कतिपयले यस्तो लफडा निर्देशक स्वयम्ले पब्लिसिटीको लागि योजना अनुसारै घटाएको हो भन्ने आरोप लगाएका छन्। उसो त निर्देशक गिरीको चालामाला हेर्दा यो आरोप सत्यताको नजिक रहेको भान हुन्छ।
पवन बस्नेतको निर्माण मा तयार भएको चलचित्र 'रक्षा' राजनैतिक विषयवस्तुमा तयार पारिएको बताइएको छ। चलचित्रको छायांकन काठमाडौं र यस वरपरका क्षेत्रमा गरिएको थियो। बस्नेतले यसभन्दा अगाडि 'हत्याकाण्ड' र 'इलाका' निर्माण गरेका थिए। अर्जुन खरेलद्वारा संगीतबद्ध यो चलचित्रमा पूजना, सारिका र खुसीको अलवा महानायक राजेश हमालका साथै अशोक फुयाल र निर्माता बस्नेतको पनि अभिनय रहेको छ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts