हामी कोही भन्दा कम छैनौ : जितु नेपाल
चर्चित हाँस्य कलाकार जितु नेपालले आफूहरु
कुनै देशका कलाकार भन्दा कम नभएको बताएका छन् । उनले आफ्नै देशमा विदेशी
कलाकार आउँदा आफूहरुलाई महत्व नदिने गरेको गुनासो गर्दै आफुहरु कोही भन्दा
कमजोर नभएको बताएका हुन् ।
जितुले
भने, ‘उनीहरु ठूलो देशका भएर ठूलै देखिन्छन् तर हामी प्रस्तुतीमा कमजोर
छैनौ ।’ उनले विदेशी कलाकारलाई आयोजकहरुले धेरै महत्व दिएको भन्दै गुनासो
व्यक्त गरे । ‘उनीहरु किनिएका कलाकार हुन्, हामी चिनिएका कलाकार हौ’,
जितुले भने । नेपालमा आयोजना हुने विभिन्न कन्र्सटमा विदेशी कलाकारको
तस्बिर र प्रचारलाई आयोजकले महत्व दिने गरेको छ । विदेशकी कलाकारको फोटो
ठूलो राख्ने र नेपाली कलाकारको फोटो सानो राख्ने प्रचलन बढ्दै गएको छ ।
जितुले भने, ‘उनीहरु र हामीमा फरक केही पनि छैन, तर यहाँको सोचाई नै यस्तै छ ।’
1 comments
Write Down Your Responses

November 16, 2014 at 4:26 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन