mainpageads

म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा

७ फागुन, काठमाडौं । म्यानचेष्टर सिटी एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटी अन्तिम आठमा पुगेको हो ।
घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले पाँचौ मिनेटमा नै याया टोरेको गोलबाट अग्रता लिएको थियो । १५ औं मिनेटमा टोम लिस्ले सर्जिओ एग्युरोलाई फल गरेपटि सिटीले पेनाल्टी पायो, जसमा अर्जेन्टिनी स्टार एग्युरो चुकेनन् ।
५२ औं मिनेटमा कार्लोस टेभेजले गोल गर्दै सिटीलाई ३–० मा पु¥याए भने ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एग्युरोले म्यानचेष्टर सिटीलाई ४–० को जित दिलाए । प्रशिक्षक रोवर्टो मान्सिनीले प्रिमियर लिगमा साउथ ह्याम्पटनविरुद्ध हार व्यहोर्दा खराव प्रदर्शन गरेका गोलरक्षक जाए हर्टको स्थानमा कोस्टेल प्लाटिनियमलाई पोष्टको जिम्मा दिएका थिए ।
म्यानचेष्टर सिटीले सेमिफाइनल प्रवेशका लागि बर्नसलेसँग खेल्नेछ । अर्को खेलमा हड्र्सफिल्डलाई ४–१ ले पराजित गर्दै विगान पनि अन्तिम आठमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि उसले ओल्डह्याम र इभर्टनबीचको विजेतासँग खेल्नेछ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts