भारतिय टेलिभिजन सहित विदेशमा ‘नाइन ओ क्लक’
चैत्र १६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाइन ओ क्लक’
भारतिय टेलिभिजनमा पनि प्रशारणमा हुने भएको छ । निर्माता रमेश संबेदनाका
अनुसार नेपालमा प्रदर्शनमा आएको केही महिना पछि भारतिय चर्चित २ टेलिभिजन
सोनी र जीटीभीमा ‘नाइन ओ क्लक’ प्रशारण हुनेछ ।
यस्तै
यो चलचित्रको विभिन्न देशको प्रदर्शन मिति पनि तय भएको छ । चलचित्र मार्च
महिनाको १५, १६ र १७ तारिखमा लण्डनमा प्रदर्शनमा आउने निर्माता संवेदनाको
भनाई छ । चलचित्रको मलेसिया प्रदर्शन पनि पक्का भएको छ । भर्खरै मात्र
मलेसिया पुगेर आएका निर्माता संवेदनाले भने, ‘मलेसियाका लागि भीसीडी र शो
अधिकारी विक्री भएको छ ।’ उनले १७ लाखमा भीसीडी र प्रदर्शन अधिकार विक्री
गरेको बताए । चलचित्रको मलेसियाको सम्पुर्ण अधिकार पदमबहादुर सिंहले खरिद
गरेका हुन् । यस्तै चलचित्र मार्च २४ मा हङकङमा प्रदर्शनमा गरिने छ ।
बाबुराम
ढकालको निर्देशनमा तयार भएको यो सिनेमामा सुमिना घिमिरे, ध्रुव दत्त
लगायतका कलाकारको अभिनय छ । बिषयबस्तुको बारेमा निर्माणपक्षले केही
नखुलाएपनि चलचित्र सेक्स केन्दि्रत रहेको वुझिएको छ ।

0 comments
Write Down Your Responses