mainpageads

डुप्लिकेट बाबुरामले पाए डुप्लिकेट हिसिला


Nakalli PM Jodi, Tanahun
समुन्द्र पौडेल, तनहुँ, फागुन ८ - संसारभर प्रणय दिवसको उमंग चलेको बेला ज्योती काफ्लेले जोडी भेटाए, हिसिला। प्रणय दिवसको केही दिनअघि मात्रै जोडीको रुपमा हिसिला भेटिएपछि ज्योती अहिले मक्ख र छक्क छन्।

'अब मैले पनि जोडी पाएँ,' आइतबार दमौलीको मेनचोकमा भेटिएका ज्योती काफ्लेले भने, 'जोडी पाउँदा अहिले आफैलाई रमाइलो लागेको छ।' हास्यशृंखला 'तीतोसत्य'मा प्रधानमन्त्री बाबुराम भट्टराईको क्यारिकेचर गर्दै आएका चितवनका काफ्लेले प्रधानमन्त्री पत्नी हिसिला यमीको रुपमा काठमाडौँ डिल्लीबजारकी विपना बस्नेतलाई जोडी बनाएका हुन्।
'सुटिङको समयमा एक्कासी विपनाजीलाई देख्दा म पनि छक्क परेँ,' उनले भने, 'अहिले नेपालकै पहिलो नक्कली जोडी कलाकार बन्न पाएकोमा खुसी लागेको छ।' कास्कीको लेखनाथमा भइरहेको लेखनाथ महोत्सवमा जाने क्रममा दमौलीमा भेटिएका उनले विपनाको अभिनयले आफ्नो प्रहसनलाई सहयोग पुग्ने बताए।
प्रधानमन्त्री पत्नीसँग अनुहार मिल्ने बिपनालाई पनि अहिले मोबाइल उठाउन भ्याइनभ्याई छ। 'पूर्व झापादेखि पश्चिम धनगढीसम्मबाट मोबाइलमा बधाई आइरहेको छ,' ४५ वर्षीया विपनाले टेलिफोनमा भनिन्, 'दर्शकहरुले अभिनय रुचाएका कारण थप उत्साह मिलेको छ।'
'मनमनै मन पराएँ', 'झोला', 'मसान', 'क्यारेङ ग्याङ २' लगायतका नेपाली फिल्ममा अभिनय गरिसकेकी विपनालाई परिवारले समेत अभिनय यात्रामा सहयोग गरेका छन्। उनकी छोरी रिस्ता बस्नेत समेत निर्माणाधीन फिल्म होस्टेलमा नायिकाको रुपमा उत्रिँदैछिन्।
नक्कली बाबुराम भट्टराई र नक्कली हिसिला यमीको अभिनय गर्ने जोडी सुहाएको भन्दै काफ्ले र बस्नेतलाई धेरै ठाउँमा फोन आइरहेका छन्। नक्कली जोडीको लोकप्रियता बढ्न थालेपछि काफ्ले नक्कली प्रधानमन्त्रीको जोडीलाई प्रहसनमा उतार्ने जमर्कोमालागेका छन्।
'मेला महोत्सवमा समेत जोडीको माग भइसकेको छ,' काफ्लेले भने, 'अब संवादको प्रहसनलाई जोडी प्रहसनमा उतार्ने सोचमा लागेको छु।' जोडी सहित प्रहसनमा आएपछि तितोसत्य टेलिशृंखला र मेला महोत्सवका दर्शकलाई नयाँ स्वाद दिन लागि पर्ने काफ्लेले बताए। कलाकारद्वय काफ्ले र बस्नेतलाई दर्शकले हास्य टेलिशृंखला 'तीतो सत्य'मा निरन्तर देख्न पाउने लेखक तथा निर्देशक दीपकराज गिरीले बताए।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts