बेडसिन दिएपछि किन रोइन् पुजना ? (भिडियो)
‘म रोए धेरै’ भन्दै नायिक पुजना स्त्रि चलचत्रि ‘रक्षा’ को एक गीतमा आँशु बगाइरहेकी छिन् । चलचित्रमा उत्तेजक बेडसिन दिएपछि पुजनाको आखाबाट आँशु किन झर्यो, कौतुहलताको बिषय बनेको छ ।
राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘रक्षा’ मा पुजना स्त्रिको यस्तै २ भिन्न रुप देख्न सकिनेछ । चैत्र ९ गतेबाट एकसाथ देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रले राष्ट्रियता बोलेको निर्देशक गिरीको दाबी छ ।
चलचित्रको प्रदर्शन मिति नजिकिदै जाँदा निर्माणपक्षले यसको प्रोमो सार्वजनिक गरेको छ । प्रोमोमा चलचित्रका सम्पुर्ण कलाकारलाई देख्न सकिनेछ । पबन बस्नेतको निर्माणमा तयार भएको यो सिनेमाभित्र राजेश हमाल, अशोक फुयाँल, सुशान्त कार्की, पुजना स्त्रि, सारिका घिमिरे र स्वयंम निर्माता बस्नेतको अभिनय हेर्न सकिन्छ ।
चलचित्रले राष्ट्र बचाउँन युवतीले आफ्नो जवानीलाई समेत तिलाञ्जली दिन सक्छन् भन्ने बिषयलाई पनि उठान गरेको छ । चलचित्रमा कलाकार खुशी थापाले पनि एक उत्तेजक बेड सिन दिएकी छिन् । अर्जुन पोखरेलले संगीत भरेका चलचित्रका गीतहरुलेे बजार राम्रैसँग तताइरहेका छन् ।
1 comments
Write Down Your Responses

November 16, 2014 at 4:22 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन