बहिनीको हत्यारासँग बिहे !
अर्जेन्टिनी एक महिलाले आफ्नो जुम्ल्याह
बहिनीको हत्याको आरोपमा जेल सजाय काटिरहेका युवकसँग विवाह गरेकी छन् । एडिथ
कासासले आफ्नै बहिनीको हत्या अभियोजनमा सजाय काटिरहेका भिक्टर
सिंगोलानीसँग बिहे गरकी हुन् । छिमेकीहरुले गरेको बिरोधको प्रतिकार गर्दै
एडिथले भिक्टरसँग बिहीबार लगनगाँठो कसेकी हुन् ।
परिवारको विरोधका बावदूत एडिथले भिक्टरसँग
विवाह गरेको बीबीसीले जनाएको छ । उनी भिक्टरले आफ्नो बहिनीको हत्या नगरेको
र उनलाई फसाइएको दावी गर्छिन् । विवाहको खबरले स्थानीयबासी आक्रोसित भएपछि
रजिस्ट्रर अफिसमा ठूलो सुरक्षा दिनु परेको थियो । त्यहाँ उपस्थित
स्थानीयबासीले ढुंगा र अन्डाले हानेका थिए ।
योहानासँग सम्बन्ध विघ्रने बित्तिकै उनको
बहिनीसँग भेट भएको थियो । त्यसपछि सुरु भएको सम्बन्ध अहिले बलियो अवस्थामा
पुगि बिहेमा परिणत भएको उनले बताइन् ।
यता जुम्हाल दिदीबहिनीकी आमाले भने एडिथ
मानसिक रोगी भएको बताएकी छिन् । १९ वर्षीया योहानको शव सन् २०१० मा खेतमा
भेटिएको थियो । उनको छात्तिमा गोली लागेको थियो ।

0 comments
Write Down Your Responses