अक्षयको सिनेमाले कमायो २ हजार करोड...
बलिउडका खेलाडी नायक अक्षय कुमारले नयाँ
इतिहास रचेका छन् । उनले आजसम्म अभिनय गरेका सिनेमाले २ हजार करोड कमाएको छ
। यो बलिउडका कुनै एक नायकले अभिनय गरेको सिनेमाले कमाएको सबैभन्दा ठूलो
रकम हो । अक्षय कुमारले ट्विटर मार्फत सबैलाई धन्यबाद दिएका छन् । उनले
ट्विटरमा लेखेका छन्, ‘मेरो जिन्दगीमा सबैलाई पाएर म खुशी छु । विशेषगरी
मेरा फ्यानहरुलाई धन्यबाद जसले मलाई साथ दिएका छन् ।’
अक्षय
कुमार भारतका एक मात्र यस्ता नायक हुन् जसले ३ बर्षमा लगातार ४-४ वटा हिट
सिनेमा दिएका छन् । उनको पछिल्ला सफल चलचित्रहरुमा राउडी राठौंर, हाउसफुल,
हाउसफुल २, सिंह इज किंग, नमस्ते लण्डन, हमको दिवाना कर गए, ऐतराज, ओ माइ
गड, खिलाडी ७८६ लगायतका छन् ।
अक्षयले बलिउडका तिन खानलाई समेत पछि
पारेका छन् । यो सूचिको दोश्रो नम्बरमा सलमान खान छन् जसले अभिनय गरेको
चलचित्रले आजसम्म १७९४ करोड कमाएको छ । यस्तै नायक साहरुख खानका सिनेमाले
१४७२ करोड र अजय देवगनका सिनेमाले १४४७ करोड कमाएका छन् । अक्षय कुमारले
दुई दशकमा बलिउडमा सबैभन्दा धेरै सिनेमामा अभिनय गरेका छन् ।

0 comments
Write Down Your Responses