धादिङमा छिमेकीले गरे चार वर्षीया बालिकामाथि बलात्कार
- धादिङ
पीडा-१, गजुरी रामबजारकी एक चार वर्षीया बालिकामाथि बलात्कार भएको छ। चार
वर्षीया बालिकालाई ललाइ फकाइ आफ्नै छिमेकीले घर नजिकै एकान्तमा लगेर
बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।
बालिकालाई
जवरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय सुब्बा मिजारलाई जिल्ला अदालत
धादिङमा मुद्दा दर्ता गराई प्रहरी हिरासतमा राखिएको छ। पीडित बालिकको गजुरी
अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


0 comments
Write Down Your Responses