म १४ वर्षको भैसकें। ओछयानमा पिसाब गर्छु। यसको समाधान के होला ?

९०९९
यस्तै १ सय जना किशोरकिशोरीमध्ये एक-दुई जनामा पिसाब रोक्न समस्या हुने देखिन्छ। यसरी पिसाब फेर्न रोक्न नसक्नुलाई चिकित्सकीय भाषामा eruresis भनिन्छ, कसै-कसैले यसलाई involuntary urination पनि भन्छन्। दिउँसो हुने यस्तो समस्यालाई diurnal eruresis भनिन्छ भने राति हुने समस्यालाई लयअतगचलब भिलगचभकष्क भनिन्छ। वाल्यकालदेखि नै यस्तो समस्या भएकाहरूलाई primary enuresis भनिन्छ भने कुनै व्यक्तिले आफ्नो पिसाब रोक्न ६ महिना वा सोभन्दा बढी सिकिसकेर पनि रोक्न नसकेको स्थितिलाई secondary eruresis भनिन्छं। तपाईंलाई थाहै होला, पिसाब थैली मांसपेशीले बनेको हुन्छ, जसमा पिसाब भरिँदै गएपछि यसको आयतन पनि ठूलो हुँदै आउँछ र पिसाबलाई केही समयका लागि भण्डार गरेर राख्छ। पिसाब गर्ने बेलामा यसमा संकुचन आउँछ र मूत्रनलीको माध्यमबाट पिसाब बाहिर निस्कन्छ। सामान्य अवस्थामा यो थैलीमा पिसाब भरिएपछि मस्तिष्कलाई सन्देश पठाउँछ र परिस्थिति हेरी मस्तिष्कले पिसाब फेर्ने वा नफेर्ने सन्देश दिन्छ। सामान्यतः उपयुक्त समय र स्थान नभएसम्म मस्तिष्कको निर्देशनमा पिसाब रोकेर राखिन्छ। निदाएकै अवस्थामा पनि मस्तिष्कले सन्देश पुगेपछि पिसाव फेर्नुपर्ने भए व्यक्ति ब्यूँझिन्छ र पिसाब फेर्न उपयुक्त स्थानमा जान्छ, के ही स्थिति तपाईंको जस्तो हुँदैन र ओछयानमै पिसाब फेर्न पुगिन्छ।
कतिपय स्थितिमा यसको कारण यो नै हो भनेर पत्ता लगाउन सकिँदैन, तर पनि केही सम्भावित कारण निम्न प्रकारका छन्। Antidiruretic Hormone (ADH) पर्याप्त मात्रामा शरीरमा नहुँदा पिसाब बढी मात्रामा उत्पादन हुनु यस्तो समस्याको कारण हुनसक्छ्। त्यसैगरी पिसाब थैलीको समस्या हुँदा पनि संकुचन भैरहँदा लामो समय पिसाव रोकेर राख्न सकिँदैन। अभिभावकमा समस्या भए सन्तानमा पनि यस्तो समस्या देखिने गरेको पाइएको छ। केही वैज्ञानिकले यसको कारक वंशाणु भएको बताएका छन्। अति नै गहिरो निद्रामा पनि यस्तो समस्या देखिएको छ। त्यसबाहेक केही रोग वा खराबी जस्तै- मधुमेह, कब्जियत, मूत्रप्रणालीमा संक्रमण, मेरुदण्ड चोट जस्ता स्थिति पनि यसका कारण हुनसक्छन्। यी शारिरीक कारणबाहेक, मानसिक तनाव पनि यो समस्याको कारक हुनसक्छ।
समाधान के हुन सक्छ ?
पहिलो कुरा त समस्याको कारण पत्ता लगाई त्यसको उपचार गर्नुपर्ने हुन्छ। ठयाक्कै कारण पत्ता लाग्ने स्थिति विरलै हुने भए पनि अन्य कारण नभेटिएको स्थितिमा व्यवहार परिवर्तनका लागि केही प्रयास गरिन्छ- साँझ वा राति पानी वा झोल पदार्थ नपिउने वा कम पिउने। सुत्न जानुभन्दा पहिले पिसाब फेरेर मात्र जाने। रातभरि ओछयानमा पिसाब नै नफेरी सुख्खा नै उठेकोे कल्पना गर्ने र यस्तो कार्यमा सफल भएको स्थितिलाई जोड दिँदै यो कुरा बढाउँदै जाने। यी कुराले नभए चिकित्सकको सल्लाहमा औषधी सेवन गर्नुपर्ने हुनसक्छ। अहिले अलिकति पिसाव फेर्दा पनि घण्टी (alarm) बज्ने उपकरणको पनि विकास भएको छ।
हामीलाई थाहै छ कि पुरुषको लिङ्ग एउटा विशेष छालाले छोपिएको हुन्छ। सामान्यतः लिङ्गको वरिपरि मात्र नभै यसको केही भाग लिङ्ग भन्दा पनि अगाडि तिरसमेत आएको हुन्छ। लिङ्गको मुण्डलाई छोप्ने उक्त छालाको विशेष पत्रलाई नै अग्रचर्म भनिन्छ। यसैलाई अंग्रेजीमा prepuce (प्रीप्युस) अथवा (फोर स्कीन) भनिन्छ। यो छाला जन्मजात नै लिङ्गसँग नटासिई अर्थात् फर्काउन मिल्ने गरेर आएको हुँदैन। यस्तै ९६ प्रतिशत बालकमा जन्मदाखेरि लिङ्गमुण्डसँग अग्रचर्म टाँसिएको हुन्छ। बालक ठूलो हुँदै जाँदा यो बिस्तारै छुट्टिएर आउँछ। ५ देखि १२ वर्षका बालकहरूमा गरिएको अध्ययनमा यस्तै २० प्रतिशतमा राम्रोसँग छुट्टयाउन सकिँदैन। त्यसैले बाल्यकालमा यसलाई फर्काउन मिल्दैन भने किशोरावस्थामा पुगेपछि भने यसलाई फर्काउन मिल्छ। यस्तै १७ वर्षको उमेर सम्ममा सामान्यतः यो छुट्टिइ सक्ने भएकाले यो छालालाई पछाडि फर्काउन मिल्ने हुन्छ, तर सबैमा यस्तो हुँदैन, यस्तै १० देखि २० प्रतिशतमा त्यसलाई फर्काउन गाह्रो हुन्छ। अग्रचर्मको प्वाल साँघुरिएका कारण छाला पछाडि फर्काउन नसकिने स्थितिलाई phimosis भनिन्छ। तपाईंले पहिले र्फकन्थ्यो अहिले र्फकंदैन भन्नुभएको छ। कतै संक्रमण भएको थियो कि ?
लिङ्ग उत्तेजित हुँदा यसले असजिलो गर्यो भने यौनसम्पर्कमा पनि असजिलो हुन्छ। उपचारका लागि एउटा सानो शल्यक्रिया गर्नुपर्ने हुन्छ। अग्रचर्म काट्न गरिने शल्यक्रियालाई Circumcision भनिन्छ। यो शल्यक्रिया अग्रचर्म साँघुरो भएको स्थितिका लागि एउटा प्रभावकारी उपाय हो। यस किसिमको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता पर्दैन। वास्तवमा यस्तो किसिमको शल्यक्रिया दस-पन्ध्र मिनेटमै सकिन्छ। वयस्कहरूलाई शल्यक्रिया गर्दा बेहोस गर्नुपर्ने आवश्यकता पनि पर्दैन। पीडा मार्ने सुईको प्रयोग नै पर्याप्त हुन्छ। शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ। शल्य चिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने तथा अन्य औषधी सेवन गर्नुपर्ने हुन सक्छ। त्यसबाहेक केही दिनपछि आफ्नो घाउ जँचाउन पुनः शल्यचिकित्सककहाँ आउनुपर्छ। राम्रो स्थानमा दक्ष चिकित्सकबाट शल्यक्रिया गराउँदा यसका नकारात्मक असरहरू एकदमै न्यून भएको देखिन्छ। अग्रचर्म काटिएको स्थानको संक्रमण तथा रक्तश्राव प्रायःजसो हुने असर हुन्। काटेको स्थानमा रगत जम्मा हुने (haematoma) जस्ता समस्या पनि देखिन सक्छ। कुनै पनि ठूला अस्पतालको शल्यचिकित्सा विभागमा सम्पर्क राखी यो शल्यक्रिया गराउन सकिन्छ।
लिङ्गमा कुनै पनि विकृति देखिनु अर्थात् सामान्यभन्दा फरक देखिनु वा त्यसको उपचारमा शल्यक्रिया गर्नुपर्ने जस्तो कुरा हुनुले स्वाभाविक रू पमा यौन सक्षमतामा असर पर्छ कि भन्ने विचार वा शंका-उपशंका उठ्नु स्वाभाविक हो। अग्रचर्मले लिङ्गको भौतिक रूपमा सुरक्षा त गर्छ नै, तर यो यौन संवेदनशील पनि हुन्छ। यो अग्रचर्म यौन सन्देश ओसारपसार गर्ने स्नायुले भरिपूर्ण हुन्छ। लिङ्गको उत्तेजना र यौनसम्पर्कको घर्षणका साथै तन्काइले यौन सुख प्राप्त गर्न सहयोगी भूमिका नै खेल्छ।

0 comments
Write Down Your Responses