mainpageads

नयाँ वर्षको स्वागतमा डान्स पार्टी

पुरानो वर्षलाई बिदाइ तथा नयाँ वर्षलाई स्वागत गर्दै विभिन्न तरिकाले रमाइरहेकाहरूको भीड देखिन्थ्यो सोमबार बेलुका सम्पन्न  डान्स पार्टीमा। कोही आफ्ना साथीसंगी त कोही आफ्ना प्रेमी वा जीवनसाथीसँग। सबै आ-आफ्नो तालमा व्यस्त अनि मस्त थिए। कोही खाँदै-पिउँदै नाच्न व्यस्त भने कोही मोबाइलको एसएमएस बक्समा, मिग अनि फेसबुकमा नयाँ वर्षको शुभकामना लेख्नमा। सबै आ-आफ्नै  तरिकाले उक्त डान्सपार्टीमा रमाइरहेका थिए। धरान-८ स्थित होटल कञ्चनजंगामा बेलुकाको करिब साढे आठ बजेदेखि जम्न थालेको उक्त न्यू  इयर डान्स पार्टीका डिजे थिए डिजे लाक्पा। किशोर किशोरीभन्दा पनि युवायुवतीको बाक्लो जमघटमाझ सम्पन्न पार्टीमा डिजे लाक्पासँगै  गायिका आस्था बीको सुमधुर स्वरको जादुले पार्टी क्रेजीहरूमा जोस थपेको थियो। द इन्सपायर धरानद्वारा आयोजित उक्त डान्स पार्टी राति  करिब दुई बजेसम्म जारी थियो।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts