mainpageads

उड्दै गरेको विमानमा पाइलट बेहोस भएपछि..

पोर्टल्यान्ड,(एपी)- सियाटलतर्फ उडेको अलास्का एयरलाइन्सको एउटा जेट विमानका पाइलट विमान उड्दै गर्दा बेहोस भएपछि पोर्टल्यान्डमा आपतकालीन अवतरण गरिएको एयरलाइन्सका प्रवक्ताले बताएका छन्। पाइलट बेहोस भएपछि को पाइलटले आपतकालीन अवस्थाको घोषणा गर्दै आपतकालीन अवतरण गरेका थिए।
ओरिगनको आकाशमा छँदा उनी बेहोस भएका थिए। होसमा आएपछि उनले ककपिट छाडेका थिए। विमानभित्रै रहेका डाक्टरले उनलाई प्राथमिक उपचार गरेका थिए। आपतकालीन अवतरण गरेपछि रनवेमै थप चिकित्सकहरु उनलाई कुरिरहेका थिए।
पाइलटको परिचय खुलाइएको छैन। उनलाई तत्काल अस्पताल लगिएको थियो।
११६ यात्रु र पाँच चालक दलका सदस्यसहित लस एन्जलसबाट साँझ साढे ६ बजे उडेको बोइङ ७३७-७०० विमानले राति नौ बजे पोर्टल्यान्डमा आपतकालीन अवतरण गरेको थियो। विमान साढे नौ बजे सियाटलमा उत्रनु पर्ने थियो।
नयाँ पाइलटले पोर्टल्यान्डबाट विमान सियाटलसम्म उडाएको थियो।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts