mainpageads

झरना र सुमनको असफल जोडी

नेपाली सिनेमा क्षेत्रमा जोडी कलाकारको चर्चा लामो समयदेखि हँुदै आएको छ । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको जोडीलाई अहिलेसम्मकै सफल जोडीको रुपमा चिनिन्छ । कुनै समय नायक हमाल र नायिका मानन्धरले साथमा अभिनय गरेका सिनेमा हेर्न दर्शक हलसम्म ओइरिन्थे । तर पछिल्लो समयमा भने हमाल र मानन्धरले खासै चलचित्रको पर्दामा देखिएका छैनन् ।यसपछि नायक श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठ तथा भुवन केसी र तृप्ति नाडकरको जोडी सफल मानिएको थियो । तर पछिल्ला समयमा आएका नायक तथा नायिकाको जोडी भने त्यति सफल भएको छैन ।
केही बर्षयता सबैभन्दा धेरै सिनेमा खेल्ने जोडीको रुपमा पर्छन् सुमन सिंह र झरना थापा । झरना र सुमनले दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् । तर यि दुईले अभिनय गरेको अधिकांश सिनेमा असफल भएका छन् । झरना र सुमन अभिनित चलचित्र ‘शान’ हाल काठमाडौंका हलमा प्रदर्शन भैरहेको छ । तर चलचित्र प्रदर्शनमा आए/नआएको जानकारी दर्शकलाई समेत छैन । यसअघि यि दुईले अभिनय गरेको ‘ओम’, ‘स्वाभिमान’, ‘राज्य’ लगायतका सिनेमा पनि असफल भएका थिए ।
काठमाडौं लगायतका देशभरका हलमा प्रदर्शनमा आएका अधिकांश सिनेमामा झरना र सुमनको जोडी झल्किएको छ । तर यि दुईले अभिनय गरेको अधिकांश सिनेमाले पानी पनि भन्न नसकेको अवस्था छ ।
नायक राजेश हमाल र करिश्मा मानन्धर पछिको कुनै पनि कलाकारको जोडी सफल सर्वाधिक मानिएको छैन । यसमा सबैभन्दा असफल जोडीको रुपमा झरना र सुमन रहेको पाइन्छ । तर पनि यो जोडीले सँगै काम गर्न छोडेको भने छैन ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts