mainpageads

हस्तमैथुनले निको हुन्छ खुट्टाको रोग

यौन सन्तुष्टिको माध्यमको रुपमा रहेको हस्तमैथुन केवल यौनिक रुपमा मात्र लाभदायी छैन यो विभिन्न खालका मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको पनि अचूक समाधान हो । पछिल्लो अनुसन्धानले हस्तमैथुन खुट्टा हल्लिरहने रोगीका लागि निकै लाभदायक हुने तथ्य पत्ता लगाएको छ ।

खुट्टा हल्लिरहने रोग अर्थात् रेस्टलेस लेग सिन्ड्रोम आरएलएस भएका मानिसहरुका लागि नियमित हस्तमैथुनले निकै फाइदा पूर्‍याउने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । आरएलएस एउटा निकै समस्याग्रस्त नशारोग हो, जसका कारण मानिसले खुट्टा स्थिर गराउन सक्दैन र हल्लिरहन्छ । अमेरिका र युरोपमा समेत १० प्रतिशत जति मानिस यो समस्याबाट पीडित छन् ।

यो समस्याबाट पीडितहरुले खुट्टाको तल्लो भागमा चिलाएजस्तो, टोकेजस्तो तथा बिझाएजस्तो अनुभुति गर्छन् जसका कारण उनीहरुले जतिबेला पनि खुट्टा हल्लाइरहन्छन् । यो समस्या डोपामाइन हर्मोनको गडबडीका कारण देखा पर्ने गरेको विज्ञहरुको भनाइ छ ।

यद्यपि औषधिको प्रयोगद्धारा शरीरमा डोपामाइन हर्मोनको सन्तुलन कायम राखेर यो समस्याको न्यूनिकरण गर्न सकिन्छ, तर वैज्ञानिकहरुले औषधिको प्रयोग नगरीकनै हस्तमैथुनको माध्यमबाट समेत खुट्टा हल्लिने स्वास्थ्य समस्याको निदान गर्न सकिने तथ्य पत्ता लगाएका छन् ।

ब्राजिलको साओ पाओलो विश्विद्यालयका अनुसन्धानकर्ताहरुले हस्तमैथुन वा सेक्स खुट्टा हल्लिने नशा रोगको प्राकृतिक उपचार भएको पुष्टी गरेका हुन् । यस्तो समस्या भएको एक ४१ वर्षे पुरुषमा अनुसन्धान गरी उनीहरुले यसको पुष्टी गरे । सेक्स वा हस्तमैथुनमा चरमआनन्दका बेला सरीरबाट डोपामाइन हर्मोन निस्कने भएकाले यसले सरीरमा उक्त हर्मोनको सन्तुलन कायम राख्ने र खुट्टा हल्लिने समस्या समाधान गर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । चरम आनन्दका बेला सरीरमा ठूलो परिमाणमा डोपामाइन हर्मोन उत्सर्जन हुने गर्छ ।

खुट्टा हल्लिने समस्याका कारण रातमा निदाउन नसेर पीडित बनेकाहरुका लागि रात्रिकालीन सम्भोग वा हस्तमैथुन निकै राम्रो प्राकृतिक उपचार बन्ने दाबी विज्ञहरुको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts