mainpageads

महिला सबैभन्दा सेक्सी कति वर्षको उमेरमा?

महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता लागेको छ। हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो।
सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन्। महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले सर्वेक्षण गरेको थियो। बेलायती महिलालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा महिला भएकोमा कस्तो लाग्छ भन्ने थियो।
सर्वेक्षणमा सहभागीमध्ये ४१ प्रतिशत महिलाले आफ्ना पयर लामा र सुडौल होस् भन्ने चाहना राखेको बताए। २८ वर्षको उमेरताकाको फिगरमा अधिकांस महिला सबैभन्दा बढी सन्तुष्ट र खुशी हुने गरेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणमा महिलाहरू ३२ वर्षको उमेरमा सबैभन्दा बढी आत्मविश्वासी हुने नतिजा देखिएको छ। ३२ वर्षको उमेरमा महिला पूर्ण आत्मविश्वासी हुुनुमा उनीहरूलाई सहयोग गर्ने साथी र परिवारको हात रहने पाइयो।
सर्वेक्षणमा दुई हजार महिलाको सहभागीता थियो। सहभागी दुई हजार महिलामध्ये ७५ प्रतिशत महिलाले आफ्नो कुनै अंग फेर्न पाए पनि आफ्नो ‘बडी सेप' जस्ताको तस्तै राख्ने बताए।
२३ प्रतिशत महिलाले आँखा, २० प्रतिशतले वक्ष र १३ प्रतिशत महिलाले दिमागलाई आफ्नो सबैभन्दा आकर्षक अंग बताए। फेर्नु परे कुन अंग फेर्नु हुन्छ भन्ने प्रश्नमा ४१ प्रतिशत महिलाले लामो र सुडौल पयर बनाउन चाहने जवाफ दिए। सर्वेक्षणमा महिलालाई अग्लो हिल जुत्ता लगाउँदा, मेकअप गर्दा, हेयरस्टाइल बनाउँदा र बाहिर जानुअघि तयार हुदाँ सबैभन्दा आनन्द लाग्ने तथ्य पत्ता लागेको छ।
सर्वेक्षणमा सहभागीमध्ये आधा महिलाले आफ्नो जीवनबारे धेरै सोचेर टाउको दुखाउन नचाहेको बताए। कामसँग सम्बन्धित कठीनता र आफ्ना पतिलगायत मित्रले छोडेमा महिलामा आत्मविश्वास घट्ने तथ्य समेत अध्ययनमा फेला परेको छ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts