mainpageads

साउदीको यान्बुमा ६८ नेपालीहरूले तलबै पाएनन !

रियाद । साउदी अरबको यान्बुमा ६८ जना नेपाली कामदारहरू आएको चार महिना भइसक्दा पनि तलब नै नपाएको गुनासो गरेका छन् ।  उनीहरूको करारनामा बमोजिम सबै कामदारहरूलार्इ न्युनतम १ हजार साउदी रियाल तलब दिने उल्लेख छ । अरू सुविधाहरू पनि ऐन नियम बमोजिम नै दिने बतार्इएपनि उनीहरूलार्इ रोजगार दाता कम्पनीले ४ महिना बितिसक्दा पनि तलब दिन सकेको छैन । उनीहरूलार्इ काम पनि दिन नसकेको कम्पनीले जनाएको छ ।

पीडित कामादारहरू मध्येकै कास्कीका जिबन भुजेलले एनआरएनए साउदी अरबमा यो समस्याका बारेमा जानकारी दिएपछि एनआरएनएले नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा एनआरएनएका फोकल प्वाइन्ट हरिश्चन्द्र घिमिरे समक्ष समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरिसकेको छ ।

कामदारहरूलार्इ पाथिभारा प्लेसमेन्ट सर्भिसेजले जनही ७० हजारदेखि १ लाख १० हजार सम्म असुलेर साउदी अरबको सिनो हाइड्रो कम्पनीमा पठाएको हो । साउदी अरबका लागि कामदारहरूबाट म्यानपावर कम्पनीहरूले अधिकतम ७० हजार रूपैयाँ सम्म लिनसक्ने बैदेशिक रोजगारको नियम भएता पनि म्यानपावर कम्पनीहरूले न्युनतम ७० हजार भन्दा बढी नै रकम लिइरहेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts