'फेरि पनि म सरि भन्छु, प्रचण्ड जालझेल र षड्यन्त्रको अर्को नाम नै हो'
काठमाडौं, माघ १२ - एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकार र एमाओवादीले लोकतान्त्रिक मान्यताको धज्जी उडाउँदै 'लाल आतंक' मच्चाएको आरोप लगाएका छन् । नयाँ नेपालको नाममा 'लुटको नेपाल' बनाएको भन्दै उनले भट्टराई सरकार र एमाओवादीले मुलुकलाई बर्बादीमा लगेको उल्लेख गरे । 'भ्रष्टाचार र कुशासनलाई बाबुराम र उनको पार्टीले इतिहाममै माथ गर्यो' एमाले सञ्चार इलाका कमिटीले शुक्रबार राजधानीमा गरेको अन्तक्रिर्यामा नेता नेपालले भने, 'अधिनायकवादी प्रधानमन्त्रीको रूपमा बाबुराम प्रस्तुत भएका छन्, प्रधानमन्त्री भएपछि उनको रौद्र रूप देखिएको छ ।' रगतको होली खेलेर आएकाहरू अझै नसुध्रिएको उल्लेख गर्दै नेपालले उनीहरू 'लठैत' जसरी प्रस्तुत भइरहेको बताए । नेता नेपालले राजनीतिक सहमतिका लागि जति प्रयास गर्दा पनि सफल नभएको र त्यसमा एमाओवादी दोषी रहेको उल्लेख गरे । सहमतिको सरकार नबनी मुलुक अघि बढ्न नसक्ने उनले भने, 'तर चुनावका लागि इमानदार भएर सहमति गर्ने मनसायले नआउूदासम्म अब वार्ता गर्नुको औचित्य नै छैन । आन्दोलन मात्र विकल्प भएको उनको भनाइ थियो । वार्तामा बस्दा जालझेलका कुरामात्र एमाओवादीबाट आउने गरेको नेता नेपालले बताए । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई 'जालझेल र षड्यन्त्र' को संज्ञा थिए । यसअघि आफूले यस्तै संज्ञा दिूदा दाहालले चित्त दुखाए पनि खासमा उनको चरित्र यस्तै रहेको आरोप नेपालले लगाए । 'यस्तो कुराभन्दा उहाँले चित्त दुखाउनु भएको थियो, फेरि पनि म सरि भन्छु तर प्रचण्ड 'जालझेल र षड्यन्त्र' को अर्को नाम नै हो,' उनले भने । झन्डै एक वर्षअघि नेपालले यस्तो संज्ञा दिँदा एमाओवादी अध्यक्ष दाहाल नेपालसूग व्यक्तिगत रूपमा रिसाउूदै छलफल र वार्तामै बस्न मानेका थिएनन् । त्यसपछि तत्कालीत संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा दुई नेताबीच आरोप नलगाउने सहमति भएको थियो । नेपालले दाहाललाई दिएको संज्ञाप्रति क्षमा मागेका थिए । दाहालको जालझेल र षड्यन्त्रपूर्ण चरित्रको पछिल्लो उदाहरण सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने विषयमा दिएको धोकालाई लिन सकिने नेपालले उल्लेख गरे । कोइरालालाई एमाओवादी र दाहालकै आग्रहमा प्रधानमन्त्रीको रूपमा अघि सारिएको र सबै विषय मिलाउने गरी सहमति प्रयास भएपछि अन्तिममा दाहालले धोका दिएको उनको भनाइ थियो ।


0 comments
Write Down Your Responses