mainpageads

मृत्युदण्डको सजाय सुनाइएका घलेलाई भेट्दै बहिनी

२४ पुस, क्वालालम्पुर । मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका हरि वहादुर घलेलाई वहिनी सरला घलेले ११ वर्षपछि भेट्न पाउने भएकी छिन् । उनले आफ्ना दाजु हरिवहादुरलाई वुधवार दिउँसो तीन वजे घले रहेको काजाङ जेल पुगेर भेट्ने छिन् । सरलाले दाजु हरिवहादुरलाई भेट्ने व्यवस्था मिलाइदिन नेपाली दूतावास मलेसियासंग आग्रह गरेकी थिइन् । दूतावासका कार्यवाहक राजदूत लेखनाथ भटटराईको पहलमा हरिवहादुरलाई भेट्ने व्यवस्था मिलाइएको हो ।
यस्तै सरलाले अनलाइनखबरका मलेसिया समाचारदाता रामचन्द्र नेपाल मार्फत सोमवार नेपाली दुतावास क्वालालम्पुर पुगेर आफुले दाजुलाई भेट्ने व्यवस्था मिलाईदिन अनुरोध गरेकी थिइन् । दाजुलाई भेट्न पाउने भएकाले आफु निकै खुशी लागेको सरलाले बताएकी छिन् । उनले भनिन,’आशा छ उहाँको मृत्युदण्डको सजायमाथि पनि पुनःविचार हुनेछ ।’
मलेसियाको तीन वर्षे बसाई सकेर नेपाल फर्कन लागेका बेला सन् २००३ मे ३० तारिखमा लागू पदार्थको आरोपमा क्वालालम्पुरको एक होटलमा उनी पक्राउ परेका थिए । लामो समयसम्मको अदालती प्रकृयापछि गएको असोज १० गते मलेसियाको सर्वोच्च अदालतले घलेलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
यो पनि हेर्नुस् 

मृत्युदण्डअघि दाजुको प्राण खोज्दै बहिनी मलेसियामा


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts